ललितपुर । ललितपुर महानगरले ट्राफिकलाईट लगाउने कामलाई तिब्रता दिएको छ । महानगरले तीन स्थानमा ट्राफिक बत्ती जडान गरि संचालनमा ल्याएको हो । अब कुपण्डोलदेखि जावलाखेलसम्म तीन स्थानमा ट्राफिक लाइट प्योग गर्न सकिने छ ।
ललितपुर महानगरपालिकाले यार्सा टेक्नोलोजी कम्पनीको सहयोगमा सो ट्राफिक लाइट निर्माण गरेको हो । पछिल्ला दिनमा नेपाली कम्पनीलाई नै ट्राफिक लाइट निर्माणको काम दिन थालिएको छ ।
ललितपुर महानगरपालीकाले कुपण्डोलको उकालोे, महानगरपालिकाको कार्यालय अगाडि र अल्का अस्पताल छेउमा ट्राफिक लाइट संचालनमा ल्याएको छ ।
महानगर प्रमुख चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापन समस्या अन्त्य गर्न महानगरले ट्राफिक लाइटको व्यवस्था गरेको र आगामी दिनमा यसलाई निरन्तरता दिने बताएका छन् ।


