तेल उत्पादक देशहरुको संस्था ओपेकले कच्चा तेलको उत्पादनमा भारी कटौति गर्ने निर्णय गरेका छन् । योसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि सुरु भएको छ ।
ओपेकले दैनिक १२ लाख व्यारेल अर्थात् १४ करोड ३० लाख ८८ हजार लिटर कच्चा तेल उत्पादनमा कटौति गर्ने निर्णय गरेको हो । ओपेकको यो निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्यमा ५.४ प्रतिशतले वृद्धि भइसकेको छ । यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको उत्पादन नघटाउन ओपेक सदस्य राष्ट्रहरुलाई गरेको आग्रह बेकार भएको छ ।
उत्पादन घटाउन मुख्य भूमिका रुसको भएको देखिन्छ । ओपेकमा सदस्य नभएपनि रुस एउटा मुख्य कच्चा तेल उत्पादक मध्यको देश हो । उसले इरान तथा साउदी अरब जस्ता आफ्ना कट्टर दुस्मन देशहरुलाई समेत उत्पादन कटौति गर्न राजी गराएको थियो ।
सुरुमा प्रस्ताव गरिएको दैनिक १० लाख व्यारेल उत्पादन घटाउने प्रस्तावलाई ओपेकले परिर्वतन गर्दै १२ लाख व्यारेल उत्पादन घटाउने निर्णय गर्यो । ओपेकको यो निर्णयले संसारलाई नै चकित बनाएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।
यसले संसारभर पेट्रोलियम पर्दाथको मूल्यमा निकै वृद्धि हुने देखिन्छ ।


