अब बोट पनि इलेक्ट्रीक, यस्तो छ मूल्य र विशेषता

पछिल्लो दिनमा इलेक्ट्रीक सवारीसाधन निर्माणमा निकै ठूलो प्रतिस्पर्धा चलिरहेको छ । स्कुटर, मोटरसाइकल, कार, बस, ट्रकदेखि हवाईजहाजसम्म इलेक्ट्रीक उत्पादन हुन थालिसकेका छन् । 

यस्तोमा स्वीडेनको एक बोट निर्माता कम्पनी कैडेलाले इलेक्ट्रीक बोट निर्माण गरेको छ । कम्पनीकाअनुसार आगामी वर्ष २०१९ देखि यसको बिक्री वितरण सुरु हुने छ । कम्पनीले यसको मूल्य करिब ३ करोड रुपैयाँ राखेको छ । कम्पनीका अनुसार यसको टप स्पीड पेट्रोलबाट चल्ने बोट जतिनै हुने जनाएको छ ।

कार्वन फाइबरबाट बनेको यो इलेक्ट्रीक बोटमा कुनै किसिमको आवाज आउने छैन । सहजै पानिमा तैरिने यो बोटको अहिलेसम्म १५० वटा अर्डर प्राप्त भइसकेको कम्पनीले जनाएको छ । एक पटकको फुलचार्जमा यो बोट ५८ माइल अर्थात् ९२ किलोमिटर चलाउन सकिन्छ ।

२५ फिट लामो यस बोटमा ५ जना यात्रुले सहजै यात्रा गर्न सक्ने छन् । यसको टेकअफ, क्रुजिङ र ल्यान्डिङ सबै अटोमेटिक तरिकाले गर्न सकिने छ । यसमा लिथिएम आयन ब्याट्री दिइएको छ । कम्पनीका अनुसार यसले पुरानोको तुलनामा ७५ प्रतिशत ऊर्जा कम खपत गर्छ ।

यसको टप स्पीड ३४ किलोमिटर प्रतिघन्टा रहेको छ ।   


Back_to_top