ब्रेजा र भेन्यूसँग प्रतिस्पर्धा गर्न रेनोको नयाँ एसयूभी, हाइब्रिडदेखि ईभीसम्म हुने

सांकेतिक तस्बिर

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले भारतमा चर्चित रहेका सुजुकी ब्रेजा र हुन्डाई भेन्यूसँग प्रतिस्पर्धा गर्न नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी ४ मिटरभन्दा छोटो एसयूभी धेरै प्रकारका इन्जिन अप्सनमा ल्याउने भएको हो ।

उसोत भारतीय बजारमा यो सेग्मेन्टमा मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यूका अलावा टाटा नेक्सन, महिन्द्रा एक्सयूभी थ्रीएक्सओ र किया सोनेट जस्ता मोडल पनि छन् ।

रेनो डस्टरमा आधारित सब फोर मिट एसयूभी डासिया ब्राण्डमा निर्माण सुरु भएको रिपोर्टहरुले दावी गरेका छन् । यूरोपमा डासिया ब्राण्डमा आउने नयाँ एसयूभी भारतमा भने रेनो ब्राण्डमा उत्पादन हुनेछ । भारतमा उत्पादन हुने रेनोका कार नेपाल आउने छन् ।

रेनोले विकास चरण र उत्पादनमै खर्च कम गर्न नयाँ इन्ट्री लेवल एसयूभीलाई ‘सीएमएफ बी आर्किटेक्चर’मा आधारित रहेर बनाउन लागेको हो । यहि प्लेटफर्ममा नयाँ जेनेरेशन डस्टर निर्माणको काम चलिरहेको छ ।

रेनोको नयाँ सब फोर मिटर एसयूभी पेट्रोल इन्जिन, माइल्ड हाइब्रिड, फुल हाइब्रिड र एलपीजी ग्यास इन्जिनमा आउने जनाइएको छ । बढ्दै गएको ईभी बजारलाई समेत ध्यानमा राखेर प्योर इलेक्ट्रीक भेहिकलको रुपमा पनि यसलाई ल्याउने बताइन्छ ।


Back_to_top