सुजुकीले ‘रिकल’ गर्‍यो एकै पटक ४ लाख यूनिट स्कुटर र मोटरसाइकल

काठमाडौं । जापानी दुई पाङ्ग्रे सवारीसाधन निर्माता सुजुकीले ४ लाख यूनिटभन्दा धेरै स्कुटर र मोटरसाइकल रिकल गरेको छ । कम्पनीले भारतमा एभेनीस, एसेस र वर्गम्यान १२५ स्कुटर रिकल गरेको हो । साथै, अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको भी स्ट्रोम ८०० डीई पनि फिर्ता बोलाएको हो ।

रिकल गरिएका स्कुटहरूको इग्निशन कोइलमा प्रयोग भएको टेन्सन कर्डमा समस्या देखिएको कम्पनीको भनाइ छ । यसले स्कुटरको इग्निशनमा समस्या हुनुका साथै इन्जिन स्टल हुने तथा स्कुटरको स्पीड सेन्सर तथा थ्रोटल पोजिशन सेन्सर ड्यामेज हुने जस्ता समस्या देखिएको कम्पनीको भनाइ छ ।

कम्पनीले ३० अप्रिल २०२२ देखि ३ डिसेम्वर २०२२ सम्म उत्पादन भएको स्कुटहरू रिकल गरिएको छ । त्यस्तै ५ मे २०२३ देखि २३ अप्रिल २०२३ सम्म उत्पादन भएका भी स्ट्रोम ८०० डीई रिकल गरिएको हो ।

कम्पनीका अनुसार २ लाख ६३ हजार ७८८ यूनिट एसेस, ५२ हजार ५७८ यूनिट एभेनिस र ७२ हजार २५ यूनिट वर्गम्यान १२५ रिकल भएको हो । कम्पनीले सबै प्रभावित ग्राहकहरूलाई नजिकको सर्भिस सेन्टरमा सम्पर्क गर्न सुचना जारी गरेको छ ।

कम्पनीले भी स्ट्रोममा भने भारत बाहिरको बजारबाट धेरै रिकल गरेको हो । कम्पनीले भारतमा बिक्री गरेको ६७ यूनिट मात्रै प्रभावित भएको जनाएको छ ।

भी स्ट्रोममा भने रियर टायरको समस्या देखिएको कारण रियर टायर परिर्वतन गरिदिने कम्पनीले जानकारी दिएको छ ।


Back_to_top