नेपाल आयो साइबरस्टर, यस्तो छ मूल्य

काठमाडौं । एमजी साइबरस्टर नेपाल आइपुगेको छ । पारामाउन्ट मोटर्सले नाडा अटो शो २०२४ बाट बिक्री सुरु गर्ने तयारी गर्दै साइबस्टर नेपाल ल्याएको हो ।

कम्पनीले साइबरस्टर २५० किलोवाट क्षमताको पावरफुल मोटरमा नेपाल ल्याएको हो । यसको अधिकतम खुद्रा बिक्री मूल्य १ करोड ६७ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु गर्न लागेको हो ।

एमजी साइबरस्टर प्रिमियम स्पोर्टस् कार हो । कम्पनीले अघिल्लो महिनाबाट मात्रै यसको अन्तर्राष्ट्रिय बजारमा निर्यात सुरु गरेको छ । यस्तोमा नेपालमा पनि यसलाई बिक्री सुरु गर्न लागिएको हो ।

आइकोनिक रोडस्टरलाई समर्पित गरेर लामो हुड, स्मुथ बडी लाइन दिएर यसलाई तयार गरेको छ । रोडस्टर डिजाइनमा तयार भएको साइबरस्टर एमजीको लाइनअपमा सबैभन्दा बलियो मोडल हो ।

एमजीले आफ्नो इलेक्ट्रीक स्पोर्टस् कारमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०८ किलोमिटर गुडाउन सकिन्छ ।

इलेक्ट्रीक साइबरस्टरको लम्बाई ४५३५ एमएम, चौडाइ १९१३ एमएम र उचाई १३२९ एमएम छ । यसको ह्वीलबेस २६९० एमएम रहेको छ । कारमा १९ इन्चको ह्वील, इलेक्ट्रीक हुड, ७ इन्चको टच स्कृन बोस्चको ८ वटा स्पीकर रहेको छ ।

पछिल्लो समयमा एमजी ब्रान्ड टी–सिरिज, एमजीए, एमजीबी लगायतका रोडस्टरको लागि परिचित छ । कम्पनीले नयाँ ईभीमा एरो सेप्ड टेललाइट दिएको छ । कम्पनीले यो ईभी मोडर्न डिजाइनमा तयार गरेको छ ।


Back_to_top