काठमाडौं । भदौ ११ गतेदेखि हुने नाडा अटो शो २०२४ मा चार पाँङ्ग्रेमा ईभीमय हुँदैछ भने दुई पाँङ्ग्रेमा यसको ठीक विपरित हुँदैछ ।
दुई पाङ्ग्रे साधन आयात गर्ने अधिकांस कम्पनीले प्रिमियम एड्भेन्चर मोटरसाइकलमा केन्द्रित भए जस्तो देखिन्छ । अटो शोमा भाग लिने सबैजसो दुई पाँङ्ग्रे कम्पनीले प्रिमियम मोटरसाइकल ल्याउँदै छन् भने, एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
नाडा अटो शो २०२४ मा पहिलो पटक सहभागी हुँदै गरेको ऋषि ट्रेड सेन्टरले ४५० सीसी क्षमताको प्रिमियम मोटरसाइकल सार्वजनिक गर्दैछ । त्यस्तै रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले बहुप्रतिक्षित हिमालयन ४५० एड्भेन्चर सार्वजनिक गर्दैछ ।
त्यसैगरि, सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी भीजी सुजुकी भी-स्ट्रोम २५० ल्याउने भएको छ ।
हिमालयन ४५० नेपालमा नै एसेम्बल भइरहेको छ । यसको मूल्य १० लाखभन्दा कम हुने अनुमान गरिएको छ । त्यस्तै ११ लाखदेखि १२ लाख हाराहारीमा आउने एमटी ४५० र ७ लाख हाराहारीमा आउने सुजुकी भी स्ट्रोम २५० ले एड्भेन्चर मोटरसाइकल खोज्ने ग्राहकलाई आकर्षित गर्ने अनुमान गरिएको छ ।
बजारमा यो सेग्मेन्टमा केटीएम २५०/३९० एड्भेन्चर, होन्डा सीआरएफ उपलब्ध भएता पनि पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुन लागेका यी मोटरसाइकल बीच नाडा अटो शो २०२४ मा कडा प्रतिस्पर्धा देख्न पाइने छ ।
यस्तो छ हिमालयन ४५०
रोलय इनफिल्ड हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन छ । कम्पनीले पहिलो पटक हिमालयनमा लिक्विड कुल्ड इन्जिन प्रयोगमा ल्याएको हो ।
कम्पनीले शेर्पा नाम दिएर ल्याएको इन्जिनले ८००० आरपीएममा अधिकतम ४०.२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ ।
फिचर लोडेड यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, अफरोड स्पोक ह्वील, स्लीपर एसिस्ट क्लच, यूएसडीरमोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगाएतका फिचर पाउन सकिन्छ ।
सीएफ मोटो एमटी ४५०
सीएफ मोटोले केही समय अगाडि मात्रै अन्तर्राष्ट्रिय बजारमा एमटी ४५० एड्भेन्चर सार्वजनिक गरेको छ । नेपालमा सीएफ मोटो तथा जिहो इलेक्ट्रीकको आधिकारिक बिक्रेता कम्पनी ऋषी ट्रेड सेन्टरले नाडा अटो शो २०२४ मा एमटी ४५० ल्याउने तयारी थालेको हो ।
कम्पनीले नेपाल ल्याउने तयारी गरेको एमटी ४५० अत्याधुनिक फिचर तथा टेक्नोलोजी भएको एड्भेन्चर मोटरसाइकल हो । यो एमटी ४५० एड्भेन्चरमा ४४९ सीसी, ट्वीन सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ४४ हर्षपावर तथा ४४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
यो मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, डबल च्यानल स्विचऐवल एबीएस, ५ इन्च टिएफटी डिस्प्ले, यूएसबी पोर्ट, कायाबा एडजष्टेवल यूएसडी फर्क, एड्जष्टेवल सिट जस्ता फिचर पाउन सकिन्छ ।
एमटी ४५० मा २१/१८ इन्च स्पोक ह्वील दिइएको छ । कम्पनीले यसमा ट्यूवलेस स्पोक ह्वीलको प्रयोग गरेको छ ।
सुजुकी भी स्ट्रोम २५०
सुजुकी भी स्ट्रोम २५० एड्भेन्चर टुरर डिजाइनमा निर्माण भएको मोटरसाइकल हो । यसमा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनी ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।
त्यस्तै, भी-स्ट्रोम २५० को अगाडि टेलिस्कोपिक र रियरमा स्वीङ आर्म सस्पेन्सन उपलब्ध छ । यसका सबै प्रकारका लाइटहरु एलईडी रहेका छन् । त्यसैगरी, यसमा पूर्णतः डिजिटल कन्सोल, एबीएस, साइड स्ट्याण्ड सेन्सर, फ्रन्ट भाइजर जस्ता फिचर छन् ।

