आयो एमजी कोमेटको नयाँ मूल्य, बढ्यो कि घट्यो ?

काठमाडौं । एमजी कोमेटको नयाँ मूल्य प्रकाशित भएको छ । आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले कोमेटको अधिकतम खुद्रा बिक्री मूल्य प्रकाशित गरेको हो ।

एमजी कोमेटलाई कम्पनीले दुई भेरियन्टमा आयात गर्दै आएको छ । कम्पनीले नयाँ मूल्यसूची प्रकाशित गर्दै दुबै भेरियन्टको मूल्य वृद्धि गरेको हो । कम्पनीले ५० हजार रुपैयाँले मूल्य बढाएको छ ।

कम्पनीले प्रकाशित गरेको नयाँ मूल्यसूभी अनुसार कोमेट पेस भेरियन्टको मूल्य १८ लाख ४९ हजार रुपैयाँ र कोमेट प्ले भेरियन्टको मूल्य २१ लाख ४९ हजार रुपैयाँ तोकिएको हो ।

यसअघि कम्पनीले पेस भेरियन्टको १७ लाख ९९ हजार र प्ले भेरियन्टको २० लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको थियो । कम्पनीले बिक्री गर्दै आएको दुबै भेरियन्टमा समान ३१.२६ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।

एमजी कोमेटको दुवै भेरियन्टमा कोमेटमा १७.३ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । कोमेटको अधिकतम पावर ४२ हर्सपावर र ११० न्यूटन मिटर टर्क हो । यो कारले सिंगल चार्जमा २३० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।

यो मिनी ईभीको फ्रन्टमा आकर्षक एमजी ब्रान्डिङ गरिएको छ भने डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलइडी डीआरएल, एलइडी लाइट पनि दिइएको छ ।

यसमा १०.२५ इन्चको हेड यूनिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, भोइस कमाण्ड, मल्टी फङ्सनल स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top