यसरी भएको थियो ‘दिपल एल-०७’को डिजाइन

काठमाडौं । तीव्र गतिमा अघि बढिरहेको इलेक्ट्रीक भेहिकलका केही कथाहरु रमाइला हुन्छन् । जस्तो कि दिपलको पछिल्लो मोडेल एल-०७ धेरै बजारमा ‘एसएल-०३’ नाम दिइएको छ ।

थ्री डी स्केचदेखि वास्तविक र पूर्ण विद्युतीय कारसम्मको यात्राले चांगान अटोमोबाइलको डिजाइन, टेक्नोलोजी र भावी सोचलाई एल-०७ मार्फत पस्तुत गरेको छ भन्दा फरक पर्दैन ।

भविष्यको डिजाइन

एल-०७ को कथा चांगानको ग्लोबल डिजाइन स्टुडियोबाट सुरु भएको हो । जहाँ इटाली, चीन र जापानका डिजाइनहरुले एउटा अवधारणा कारलाई वास्तविक कारमा विकास गरे ।

यसको एक्सटेरियर डिजाइनलाई चांगान अटोमोबाइल ग्लोबल डिजाइन सेन्टरका डाइरेक्टर बेट्रेन्ड ब्याकको नेतृत्वले तयार पारेको थियो । ब्याक र उनको टोलीले भावी सौन्दर्यलाई मात्र होइन एरोडाइनामिक्सलाई पनि ध्यानमा राखेर तयार गरेको हो ।

त्यसैले त यसको ड्रयाग कोफिसेन्ट ०.२३ रहेको छ, जसले इलेक्ट्रीक सेडानको पर्फमेन्स र इफिसेन्सीमा नयाँ मानक स्थापना गरेको छ ।

चामत्कारिक इन्टेरियर

दिपल एल-०७ को इन्टेरियर फाबियो मिनियाटीले तयार परेका हुन् । उनि चांगानको इन्टेरियर डिजाइन म्यानेजर हुन् । मिनियाटीको टोलीले कार युजरको अनुभवलाई ध्यानमा राखेर पूर्ण रुपमा डिजिटाइज्ड ककपिट बनाएको हो ।

यसमा अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले (एआर एचयुडी) छ, जसले चालकलाई महत्वपूर्ण ड्राइभिङ्ग सम्बन्धी सूचना सिधै विन्ड स्क्रिनमा प्रोजेक्ट गर्छ । एल-०७ को इन्टेरियर डिजाइन तीन मुख्य सिद्धान्तमा आधारित छ । ती हुन् सरलता, आविष्कार र हाईटेक ।

यसको क्याबिन वेभ राडार र हाई पर्फर्मेन्स क्यामेरा जस्ता एड्भान्स सेन्सिङ्ग कम्पोनेन्टहरु जडान भएका छन् । जसले उच्च कोटीको ड्राइभिङ्ग असिस्टेन्स प्रत्याभुत गर्छ । यी सबैले एल-०७ लाई वास्तविक फ्युचर-फवार्ड कार बनाइको छ ।

‘रेड डट अवार्ड’

एल-०७ को इनोभेटिभ डिजाइन बेजोड छ । यसले प्रोडक्ट डिजाइनको ओस्कार पनि भनिने प्रतिष्ठित ‘रेड डट अवार्ड २०२३’ जितेको थियो । आविष्कार, फंक्सनालिटी र इमोस्नल इम्प्याक्टमा नयाँ मापदण्ड स्थापना गर्ने उत्पादनलाई उक्त अवार्ड दिइन्छ ।

भिजनरी कन्सेप्टलाई बजारमा उतार्न सकिने वास्तविक कारमा परिणत गर्न सफल भएकै कारण यो अवार्ड दिइएको थियो । भावी आवश्यकतालाई ध्यान दिएर एउटा कारले के सम्म गर्न सक्छ भन्ने देखाउन एल-०७ सफल भएको छ ।

‘सिम्बायोटिक एस्थेटिक्स’

एल-०७ को डिजाइन चांगानको डिजाइन फिलोसोफी सिम्बायोटिक एस्थेटिक्सबाट प्रभावित छ । आधुनिक कारहरु प्रकृति, प्रविधि र मानव आवश्यकतालाई सन्तुलनमा राखेर डिजाइन गर्नुपर्छ भन्ने मान्यता सिम्बायोटिक एस्थेटिक्सको हो ।

एल-०७ एउटा कार मात्र होइन, यात्राका लागि इन्टेलिजेन्ट र इमोस्नल पार्टनर पनि मानिन्छ । जसलाई चालक र प्रयोगकर्तासँग शारिरिक र मानसिक रुपमा गहिरो सम्बन्ध स्थापित गर्न सक्नेगरी डिजाइन गरिएको हो ।


Back_to_top