प्रिमियम मोडल ‘सी-१०’ नाडामा आउँदा, देखिने छैन ‘टी-०३’

काठमाडौं । चीनको पछिल्लो पुस्ताको अटोमोवाइल स्टार्टअप कम्पनी लिप मोटर नाडा अटो शो २०२४ बाट नेपाल प्रबेश गर्ने पक्का भएको छ । साँग्रिला मोटर्स आधिकारीक वितरक नियुक्त भएसँगै सी-१० मोडलसहित अटो मार्फत नेपालमा डेब्यू गर्ने भएको हो ।

कम्पनीले प्रिमियम क्रसओभर मार्फत बजारमा प्रबेश गर्ने तयारी भएसँगै केही प्राविधिक कारण तत्काल टी-०३ ह्याचव्याक कार भने नाडामा प्रदर्शनी हुने छैन । यसअघि नै नेपाली सडकमा देखिएको सानो ह्याचव्याक भने केही पछि मात्रै नेपाल आउने कम्पनी स्रोतले बतायो ।

युवा पुस्ता लक्षीत सी-१० मोडल ४७३९ एमएम लामो, १९०० एमएम चौडा र १६८० एमएम अग्लो छ । यसमा ह्वीलवेस भने २८२५ एमएम लामो पाउन सकिन्छ ।

‘लिप ३.० टेक्नोलोजी आर्किटेक’मा बनेको सी-१० मोडलमा लाइडार टेक्नोलोजी समेत छ । यसको स्मार्ट ककपिटमा क्वालकमको स्न्यापड्रागन ८२९५ चीप प्रयोग भएको छ । यसको टप स्पेकमा निभिडिया ओरिन एक्स चीप भएको लाइडार फिचर समेत छ ।

लिपले यसमा १७० किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । यसको टर्क भने ३२० न्यूटन मिटर छ । चिनियाँ बजारमा दुई साइजको ब्याट्री अप्सन रहेको मोडलमा ५२.९ र ६९.९ किलोवाट अवारको ब्याट्री प्याक छ । नेपाल भने हाई स्पेक मोडल आउने छ ।
एक पटकको फुल चार्जमा ५३० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको ईभीले जम्मा ७.२९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्छ ।

आकर्षक डिजाइनको सी-१० एक फुल साइज एसयूभी डिजाइनमा रहेको छ । यसको स्क्वायर आउटलाइन, पानारोमीक शनरुफ, २० इन्चको मल्टी स्पोक ह्वील, हिडन डोर ह्याण्डल, थ्रुटाइप लाइट ग्रुप, रुफमा वाचटावर लाइडार, रियर स्पोइलर पाउन सकिन्छ ।

लिप मोटर पाइलट नामको लेबल ३ एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम रहेको गाडीमा ३० वटा सेन्सर, फाइभ मिलीमिटर वेभ राडार, ११ वटा क्यामरा, १२ अल्ट्रासोनिक राडार, एक १२८ लाइन लिडार जस्ता २५ थरिका फङ्सनालीटी प्रयोग गरिएको छ ।

यसको इन्टेरियरमा टी सेप लेआउट भएको ककपिट छ । बटमलेस ड्यासबोर्डमा १४.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन तथा १०.२५ इन्चको इन्टु«मेन्टल प्यानल रहेको छ । यसमा म्युजिकको लागि १२ वटा स्पीकर तथा फ्ल्याट बटम टु स्पोक मल्टिफ्ङसनल स्टेरिङ ह्वील दिएको छ । यसको गियर सेलेक्टर तथा इलेक्ट्रीक पार्किङ ब्रेक स्टेरिङ कोलुममै दिएकाले सेन्टर कन्सोल सफा देखिएको छ ।

सेन्टर कन्सोलमा आर्मरेस्ट, वायलेस मोवाइल चार्जिङ प्याड र कप होल्डर मात्र रहेको छ । फ्रन्ट सिट इलेक्ट्रीक एड्जस्टेबल, भेन्टीलेसन तथा हिटिङको सुविधा रहको छ । यसको फ्रन्ट सिटलाई १८० डिग्रीसम्म फ्ल्याटन गर्न सकिन्छ, त्यसपछि सिटलाई १.८ मिटर लम्बाईको ठूलो सोफाको रुपमा प्रयोग गर्न मिल्छ ।

अगाडि र पछाडिको सबै सिट लाइडाउन गरेमा २.७ मिटरको बेड समेत बन्नेछ । जसमा आरामले सुत्न र बच्चाहरुलाई रेस्ट गराउन सकिन्छ ।


Back_to_top