काठमाडौं । अर्को साताबाट आयोजना हुने नाडा अटो शो २०२४ मा चिनियाँ ब्राण्ड केईको आधिकारीक बिक्रेता लक्ष्मी इमोविलिटीले तीन मोडल प्रदर्शनीमा राख्ने भएको छ । कम्पनीले नयाँ मोडलको सहित उत्तर दिनेलाई विशेष उपहारको ब्यवस्था गरेको जानकारी दिएको छ ।
कम्पनीले आफ्नो शोसल मिडियाहरु मार्फत प्रदर्शनीमा रहने मोडल बारे अनुमान गर्न अपिल गरेको छ । सहभागिता जनाउन केई नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गएर उत्तर लेख्नु पर्ने हुन्छ । क्याम्पेनमा सहभागी हुन केई नेपालको फेसबुक पेज https://www.facebook.com/profile.php?id=61559338062381 र इन्स्टाग्राम पेज https://www.instagram.com/kaiyinepal_lem/ मा जानु पर्छ ।
सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्नु हुनेछ। केइ नेपालको सोसियल मीडिया फोलोवर्स र फेन्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरि भाग्यशाली विजेता बन्न सक्नुहुनेछ ।
यो क्याम्पेन आजैबाट सुरु भएर भाद्र १० गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।


