काठमाडौं । हेलमेट्स नेपालको नयाँ शोरुम नक्सालमा तयार भएको छ । कम्पनीले पुलिस हेडक्वाटर अगाडि दक्षिण एशियाकै ठूलो हेलमेट तथा एशोसरिज शोरुम तयार पारेको हो ।
कम्पनीले भदौ १४ गतेदेखि नेपालकै सबैभन्दा ठूलो एशोसरिज शोरुम संचालनमा ल्याउने भएको हो ।
नक्शालमा ४ हजार स्क्वायरफिट क्षेत्रफलमा एशोसरिज तथा हेलमेट बिक्रीका लागि शोरुम निर्माण अन्तिम चरणमा पुगेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
हेलमेट्स नेपालले प्रिमियम हेलमेट ब्रान्ड, एलएस टू, एरो, निक्को, स्पाइडर, एमटी, एमएमके लगायतका अन्य १० भन्दा धेरै ब्रान्डका हेलमेट बिक्री गर्दै आएको छ ।
कम्पनीले नयाँ ब्रान्ड सार्वजनिक गर्ने बताएको छ ।
हेल्मेट्स नेपालले मोटरसाइकलका एशोसरिज, टायर, राइडिङ गियर, पार्टस्, हेल्मेट्स जस्ता सामान बिक्री गर्दै आएको छ । कम्पनीले माइतीघर र चाबहिलमा शोरुम स्थापना गरेको छ ।