अबको २९ दिनपछि टाटा ह्यारीयरको बिक्री सुरु हुने, बन्ला गेमचेन्जर ?

टाटाले आफ्नो बहु–प्रतिक्षित एसयूभी ह्यारीयरलाई २०१९ जनवरी २३ तारिखको दिनबाट बिक्री वितरण सुरु गर्ने जनाएको छ । 

कम्पनीले भारतको बिभिन्न राज्यमा प्रमोशनल प्रोगाम आयोजना गर्न सुरु गरेको छ । यो टाटा मोटर्सको निकै प्रतिक्षित र महत्वकांक्षी उत्पादन हो । 

कम्पनीले ह्यारीयरलाई ज्यागवार ल्यान्ड–रोभरको एल–५५० प्लेट–फर्ममा निर्माण गरेको एसयूभी हो । टाटा मोटर्सले यसलाई आफ्नो एसयूभी सेग्मेन्टको गेम चेन्जर हुने विस्वास लिएको छ । 

टाटा मोटर्सको उत्पादनको रुपमा यो निकै स्टाईलिस, दमदार र टाटाको प्यासेन्जर यूनिटमै गेमचेन्जर प्रिमियम एसयूभी बन्न सक्ने अनुमान गरिएको छ । ह्यारीयरको फ्रन्टमा स्किड–प्लेट दिइएको छ भने, ड्यूल–बीम हेडल्याम्प र फग–ल्याम्पले गाडीलाई निकै आर्कषक बनाएको छ । 

यसको पछाडिको ग्लास ठूलो दिइएको छ भने, ट्वीक्ड–ल्याम्पसमेत दिइएको छ । यसमा लो–सेट फग–ल्याम्प राखिएको छ । 

टाटा ह्यारीयरको इन्टेरियरमा कूल्ड–स्टोरेज, मल्टी–फङ्सन ह्वील, प्रिमियम लेदर–सिट, ८.८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रियर एसी भेन्ट, लार्ज–मल्टी इन्फरमेसन डिस्प्ले, तथा मल्टी फङ्सन स्टेरिङ्ग ह्वील दिइएको छ । 

सार्क फिन एन्टेना, लेदर सिट, ६ एयरब्याग, ईएसपी, आइसोफिक्स चाइल्ड सिट माउन्ट र हिल होल्ड तथा हिल डिसेन्ट कन्ट्रोलजस्ता फिचर उपलब्ध छन् ।

कम्पनीले यस गाडीमा अल–न्यू २.० लिटर क्राइओटेक डिजेल इन्जिन दिएको छ । यो इन्जिन एफसीए भारतले बनाएको २.० लिटर मल्टीजेट आईआई युनिटको रिब्रान्डेड इन्जिन हो । यसले १४० पीएस पावर र ३५० एनएम–टर्क उत्पादन गर्छ । यसमा सिक्स–स्पीड म्यानूअल र सिक्स–स्पीड अटोमेटिक गियरबक्स जडान गरिएको छ ।

बिभिन्न ४ भेरियन्ट टाटा ह्यारियर एक्सई, एक्सएम, एक्सटी र टप भेरिएन्टमा एक्सजेड उपलब्ध हुनेछ । 

टाटा मोटर्सको नेपालको लागि आधिकारीक बिक्रेता सिप्रद्धी ट्रेडिङ प्रालिले जतिसक्दो चाँडो नेपाली बजारमा ह्यारीयर ल्याउने जानकारी दिएको छ ।  


Back_to_top