यामाहाको नेकेड बाइक एमटी–१५ जनवरी २१ मा सार्वजनिक हुँदै, आउला नेपाल ?

यामाहा मोटरसाइकलले भारतीय बजारमा नयाँ मोटरसाइकल एमटी–१५ सार्वजनिक गर्ने तयारी गरेको छ । जनवरी-२०१९ मा सार्वजनिक हुने यो मोटरसाइकल आर–१५ को नेकेड भर्सनको रुपमा आउन लागेको हो । 

आर–१५ र एमटी–१५ नेकेड मोटरसाइकलबीच धेरै नै समानताहरु रहेका छन् । यद्यपी यी दुई मोटरसाइकलको डिजाइनलगायतका अन्य फिचरहरु फरक देखिन्छन् । 

आर–१५ को डिजाइन अन्य आर सिरिजको मोटरसाइकलहरु जस्तै आर–१ फ्ल्यागशीपबाट प्रेरित छ । जसका कारण यस मोटरसाइकलको डिजाइन युनिक देखिन्छ । 

त्यस्तै, एमटी–१५ भने एमटी–०९ मोटरसाइकलको इन्ट्री लेवल भर्सन हो । यसमा फुल एलइडी हेडल्याम्प दिइएको छ । जसले एमटी–१५ मोटरसाइकललाई अरुभन्दा फरक र आकर्षक बनाएको छ । आर–१५ को तुलनामा यसमा प्रयोग गरिएको फ्यूल निकै सहज रहेको छ । 

यामाहाको एमटी–१५ र आर–१५ मोटरसाइकलहरु दुवैको राइडिङ पोजिशन फरक रहेका छन् । आर–१५ मा ह्यान्डलबारमा क्लिप दिइएको छ भने, रियरमा फुट पेज दिइएको छ । 

एमटी–१५ नेकेड बाइकमा सिंगल पिस ह्यान्डल बार दिइएको छ भने, लोवर सिट हाइट पनि दिइएको छ, जसले आर–१५ को तुलनामा सहज राइडिङ पोेजिसन दिन्छ ।

आर–१५को लम्बाई २०६० एमएम, चौडाई ६७० एमएम, उचाई १०७० एमएम र ह्वीलबेस  १३५० एमएम रहेको छ । त्यस्तै, एमटी–१५ को लम्बाई १९५५ एमएम, चौडाई ७९५ एमएम, उचाई १०६५ एमएम र ह्वीलबेस १३५० एमएम रहेको छ ।  एमटी–१५ मा आर–१५ मोटरसाइकलमा भन्दा धेरै ग्राउन्ड क्लियरेन्स दिइएको छ । तर फ्यूल ट्यांक क्षमता भने आर–१५ को धेरै रहेको छ । 

एमटी–१५ र आर–१५ दुवै मोटरसाइकलमा एउटै इन्जिन दिइएको छ । यी दुवै मोटरसाइकलमा १५५ सीसी, सिंगल सिलिन्डर एसओएचसी इन्जिन दिइएको छ । जसले १९.५ एचपी पावर र १५ एनएम टर्क उत्पादन गर्छ । यी दुबै बाइकमा ब्रेक, ह्वील, सस्पेन्सन, चेसिच र इन्स्ट्रुमेन्ट क्लस्टर समान दिइएको छ । 

भारतीय बजारमा एमटी–१५ को मूल्य १ लाख १० हजारको हाराहारीमा पर्ने अनुमान गरिएको छ । यस मोटरसाइलले केटीएम डुक १२५, टीभीएस अपाचे २०० ४ भी र बजाज पल्सर २०० एनएससँग प्रतिस्पर्धा गर्नेछ । 

भारतीय बजारमा सार्वजनिक भएको केही समयमा नै एमटी १५ नेपाली बजारमा प्रबेश गर्ने अनुमान लगाइएको छ । 


Back_to_top