क्लासीक लेजेन्ड भनेर भारतीय बजारमा प्रचार गरिएको जावा बाइकको प्रि–बुकिङ बन्द हुने भएको छ । कम्पनीले यसअघि नोभेम्बर १५ मा बाइक सार्वजनिकसँगै ५ हजार भारतीय रुपैयाँ लिएर प्रि–बुकिङ सुरु गरेको थियो ।
कम्पनीले २०१९ सेप्टेम्बर सम्मको लागि बुकिङ पुरा भएको भन्दै भोलि डिसेम्बर २५ बाट बुकिङ बन्द गर्ने घोषणा गरेको हो ।
कति यूनिट बुकिङ भयो भन्ने कुरा नखुलाएको कम्पनीले जावा र जावा र्फोटीलाई डबल च्यानल एबिएससहित बजारमा ल्याउने जनाएको छ । यसअघि सार्वजनिक हुँदा कम्पनीले एबीएस र डिस्क ब्रेक दिएको थिएन ।
बुकिङकर्ताको माग अनुसार कम्पनीले अबभने डियुल च्यानल एबीएससहित बाइकलाई बिक्री गर्ने जनाएको छ ।
रेट्रो स्टाइलिङ रहेको यो बाइकले बजारमा रोयल इन्फिल्ड ३५० सँग प्रतिस्पर्धा गर्ने छ । बाइकमा रोयल इन्फिल्डको ६५० सीसीको बाइकमा जस्तै राउण्ड हेडल्याम्प दिइएको छ ।
कर्वी ट्यांक, लामो तथा फराकिलो सिट र स्पोक ह्विल रहेको जावा बाइकमा राउण्ड मिरर, राउण्ड इन्डिकेटर र टेलेस्कोपिक फोर्कसमेत उपलब्ध रहेको छ ।
२९३ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिइएको बाइकले २७ एचपीको पावर र २८ एनएम टर्क प्रदान गर्छ । साथै यसमा ६ स्पिड गियरबक्स जडान गरिएको छ ।


