अटो शोमा ३० देखि ४० लाख मूल्यका चर्चित पाँच कार

काठमाडौं । नाडा अटो शो अपार भिडका साथ चलिरहेको छ । उक्त शोमा २० लाखदेखि १ करोड ८० लाखसम्म मूल्य पर्ने गाडी बिक्रीका लागि राखिएका छन् ।

यस वर्षको अटो शोमा चिनियाँ ब्राण्डका नयाँ नयाँ ईभीहरु धेरै लन्च भएका छन् । यद्यपि ३० देखि ४० लाख मूल्यको सेग्मेन्टमा पेट्रोल कार बिक्री गर्ने ब्राण्डकै बाहुल्यता देखियो ।

मध्यम आयस्रोत भएका मानिसको रोजाईमा पर्ने यस्ता कारहरु हेर्नेहरु ठूलै संख्यामा भटिन्छन् । अहिले अटो शोमा सुजुकी, हुन्डाई, सिट्रोन, नामी, नेटा र टाटाले गाडी राखेका छन् ।

डोङफेङ नामी र टाटा पन्च यस अटो शोका सर्वाधिक चर्चा र बुकिङ पाउन सफल मोडल हुन् । यी दुबै कम्पनीले ३०० यूनिटभन्दा माथि बुकिङ लिएको जनाएका छन् ।

यसका अलावा सुजुकी स्वीफ्ट र हुन्डाई आई–१० नियोस पनि उपलब्ध छन् । यी दुई मध्ये सुजुकी स्वीफ्ट नयाँ जेनेरेशन मोडल हो भने आई १० नियोस रेगुलर मोडल हो ।

सिट्रोन सीथ्री भने अटो शोमा तपाई पेट्रोल र इलेक्ट्रीक दुबै अप्सनमा किन्न सक्नुहुन्छ ।

मूल्य

मारुती सुजुकी स्वीफ्टको मूल्य ३८ लाख ९९ हजार देखि ४६ लाख ७९ हजारसम्म तोकिएको छ । यसको दुई भेरियन्ट मात्रै चालिस लाख भित्र किन्न पाइन्छ ।

डोङफेङ नामीको मूल्य २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँसम्म छ । टाटा पन्च किन्ने ग्राहकले ३३ लाख ९९ हजारदेखि ३८ लाख ९९ बजारसम्म तिरेर इलेक्ट्रीक एसयूभी किन्न पाउने छन् ।

नेटा भीको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ छ । सिट्रोन सीथ्री ३५ लाख ९९ हजारदेखि ३६ लाख ४९ हजारसम्ममा किन्न पाइन्छ ।

हुन्डाई आई १० नियोसको ३२ लाख ५६ हजारदेखि ४० लाख ५६ हजारसम्म मूल्य तोकिएको छ ।

इन्जिन र मोटर

अटो शोमा उपलब्ध मारुती सुजुकी स्वीफ्ट, हुन्डाई आई १० नियोस र सिट्रोन सीथ्री पेट्रोल मोडलमा समान १२०० सीसी क्षमताको पेट्रोल इन्जिन उपलब्ध छ ।

इलेक्ट्रीकमा भने पन्चमा दिइएको मोटर सबैभन्दा पावरफुल छ । यसमा ९० किलोवाटको इलेक्ट्रीक मोटर छ । नामीमा ७० किलोवाट, नेटा भीमा ५० किलोवाट र सीथ्री इलेक्ट्रीकमा ४२ किलोवाटको मोटर पाउन सकिन्छ ।


Back_to_top