काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको अटो शोको आज पाँचौ दिन हो । करिब एक दर्जन नयाँ ब्राण्ड र दुई दर्जन नयाँ कार मोडल लन्च भएको अटो शोमा विभिन्न कम्पनीले नगद छुट घोषणा गरेर बुकिङ लिइरहेका छन् ।
यस वर्षको अटो शोमा सहभागि २३ ब्राण्ड मध्ये २२ ब्राण्डसँग ईभी छ । सुजुकीसँग मात्रै विद्युतीय कार छैन । त्यसैले कम्पनीले विद्युतीय कार जस्तै बनाउन स्वीफ्टमा एकहजार लिटर पेट्रोल दिने अफर ल्याएको छ ।
त्यसैगरी, कम्पनीले दुई लाख एक्सचेन्ज बोनस दिने, ५ वर्षसम्म सून्य मेन्टिनेन्स कष्ट र नगद छुट दिने स्कीम दिइरहेको छ ।
नाडा अफर भन्दै बीएडब्लूको ब्रम्बी ह्याचव्याकमा १ लाख १० हजार नगद छुट, भोल्टस्को एचइभी ३०० मा २ लाखसम्म नगद छुट पाउन सकिन्छ ।
सबैभन्दा ठूलो छुट घोषणा गरेको अवतार एसयूभी अटो शोमा १ करोड ३५ लाख मै खरिद गर्न सकिन्छ । कम्पनीले यसको मूल्य १ करोड ४५ लाख तोकेर बुकिङ लिइरहेकोमा नाडा अटो शो स्कीम भनेर १० लाख रुपैयाँ घटाएको हो ।
त्यसैगरी, एमजीले ६ लाख रुपैयाँले जेडएस ईभीमा मूल्य कटौतीगर्दा सेरेसले ४ लाख रुपैयाँले मूल्य घटाएको हो । यसका अलावा अटो शोकै लागि भन्दै दिपलमा ३ लाख रुपैयाँ मूल्य कटौती भएको छ ।
त्यस्तै नेटा, सिट्रोन जस्ता ब्राण्डले पनि नगद छुट अफर गरेका छन् । जिकर, ओमोडा, जेको जस्ता ब्राण्डले अटो शो केन्द्रित मूल्य कायम गरेर गाडी लन्च गरेका छन् ।
भोलि आइतबार आज साँझसम्म चल्ने अटो शोमा गाडी बुकिङ ग्राहकले राम्रै स्कीम पाइरहेका छन् ।


