काठमाडौं । होन्डा टु ह्वीलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको स्कीममा मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले सात वर्षसम्म सित्तैमा सर्भिसिङ सुविधा पाउने छन् ।
चाडपर्व लक्षीत स्कीम भएको कारण कम्पनीले नयाँ स्कुटर तथा मोटरसाइकल किन्ने ग्राहकलाई स्क्र्याच कुपन मार्फत १० लाख रुपैयाँसम्म नगद जित्ने अवसर प्रदान गर्ने जनाएको छ ।
त्यसैगरी, च्वाइस योर स्कीम अन्तर्गत ग्राहकहरुले १०,००० रुपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउने छन् । अथवा १२ हजार ५०० रुपैयाँ बराबरको ५ वर्षे वार्षिक मर्मत खर्च पाउने छन् । अथवा वाई वान गेट वान सर्भिसिङ अन्तर्गत ७ वर्षसम्म सित्तैमा पाउन सक्नेछन् ।
होन्डाले आफ्नो बिग वाइकहरुमा एक लाखसम्म डिस्काउन्ट पनि पाउने छन् । होन्डाले यस योजना सिमित अवधिको लागि मात्र लागु हुने जनाएको छ । कम्पनीले यो स्कीम होन्डा इजी फाइनान्समा पनि दिएको छ ।

