पूर्वबाट उदायो ‘पन्च’

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले पन्च ईभीलाई पूर्वबाट मोसफलमा बिक्री सुरु गरेको छ । कम्पनीले टाटा पन्च ईभीलाई पूर्वको बिर्तामोडमा रहेको अलास्का अटोमोवाइल र बिराटनगरको गोयल अटोबाट बिक्री सुरु गरेको हो ।

कम्पनीले नयाँ पन्च ईभी लन्चसँगै पहिल्यै गाडी किन्न कुरेर बसेका ग्राहकलाई गाडीको साँचो हस्तान्त्रण गरेको थियो । गाडी लन्चिङ कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र विर्तामोड उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता रहेको थियो ।

पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरु पन्च ईभीको प्रतीक्षा गरिरहनु भएको र लन्च कार्यक्रममा ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरु उत्साहित भएको अलास्का अटोमोवाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए ।

साथै, चैत्रमा भएको आइपीएलबाटै गोयल अटो बिराटनगरमा पन्च ईभीको सोधपुछ बढेको र अन्ततः गाडी डेलिभरि गर्न पाउँदा गर्व महसुस भएको जानकारी स्नेह गोयलले दिए ।

पूर्वको लन्च सकेर अब टाटा पन्च ईभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ ।

टाटा पन्च ईभीको शुरुवाति मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो । यसको ३३ लाख ९९ हजार रुपैयाँको भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷ एप्पल कार प्लेको आनन्द लिन पाउनु हुनेछ ।

यसको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिछर छ भने यो पन्च ईभीले ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिंग पाएको छ ।


Back_to_top