सयौंको संख्यमा डुबे उपत्यकामा कार

काठमाडौं । करिडोर आसपास रहेका घर, पार्किङ स्थल, ग्यारेज, सर्भिस सेन्टरहरू मा सयौंको संख्यामा कारहरू  डुबेका छन् । लगातार ३६ घण्टा बढी परेको पानीको कारण काठमाडौं उपत्यका अस्तव्यस्त भयो ।

विशेषगरी ललितपुर जिल्लामा बढी पानी परेको कारण त्यही क्षेत्रमा सबैभन्दा धेरै कारहरू  डुबेको तस्वीरहरू  बाहिर आएका छन् । मानिस आफ्नो ज्यान जोगाउने दौडमा लागिपरेको समयमा कर जोगाउन सम्भव भएन । त्यसैले राखेकै स्थानमा कारहरू  डुबे ।

‘काठमाडौंमा भन्दा धेरै ललितपुर र भक्तपुरमा करहरू  डुबेको देखियो । अहिलेको प्रारम्भिक अनुमान अनुसार सयौंको संख्यामा कारहरू  डुबेको हुनुपर्छ । त्यो संख्या हजारमा पुग्न पनि सक्छ’, बाढीमा स्वंयमसेवकको रुपमा खटेका कुपन्डोलका रुपक खड्काले भने ।

यसरी डुबेका कारहरू  पानी हटेपछि आफैँ ठीक भयो होला भनेर चलाउन कोसिस गर्नु हुँदैन । गाडीमा पानी पसेपछि धेरै किसिमका समस्या सृजना हुन सक्छ । त्यसैली तपाई आफैँ गाडी स्टार्ट गर्ने प्रयास नगर्नुहोला ।

‘गाडी चाहे पेट्रोल, डिजेल वा इलेक्ट्रीक पानीमा डुबेपछि त्यसलाई आफैँ चलाउने प्रयास गर्दा ठूलो दुर्घटना निम्तन सक्छ । त्यसैले आफ्नो सम्बन्धित कम्पनीका सर्भिस सेन्टरमा सूचना दिएर, उनीहरू लाई नै बोलाउनु ठीक हुन्छ’, लक्ष्मी हुन्डाईका जनरल मेनेजर दीपक थपलियाले मेरोअटोसँग भने ।

हुन्डाईले आफ्ना इलेक्ट्रीक कार र पेट्रोलियम पदार्थबाट चल्ने कारका उपभोक्तालाई फरक दुई सूचना जारी गर्दै सहजक रहन भनेको छ ।


Back_to_top