काठमाडौं । सीएफ मोटोले अपर मुस्ताङ एड्भेन्चर राइड आयोजना गर्ने भएको छ ।
सीएफ मोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले ‘एडभेन्चर राइड २०२४ अपर मुस्ताङ’ को घोषणा गरेको हो ।
कम्पनीले हालैमात्र नेपाली बजारमा भित्र्याएको एड्भेन्चर मोटरसाइकल ४५० एमटीका राइडरहरूलाई अपर मुस्ताङमा रहेको कोरला बोर्डरसम्म पुर्याउने भएको हो ।
कम्पनीले भर्खरै मात्र डेलिभरी दिन सुरू गरेको ४५० एमटी मोटरसाइकलका ग्राहकहरूलाई एमटी ४५० मा साहसिह एड्भेन्चर यात्रामा मोटरसाइकलको राइडिङ अनुभव प्रदान गर्न यो राइड आयोजना गर्न लागिएको कम्पनीले बताएको छ । यो एड्भेन्चर राइड २०२४ को डिसेम्बर २ देखि डिसेम्बर ८ सम्म आयोजना हुने कम्पनीले जनाएको छ । यो यात्रामा राइडरहरूले १०० किलोमिटरभन्दा लामो यात्रा गर्नेछन् ।
डिसेम्बर २ मा काठमाडौंबाट सुरू हुने यो राइडमा चितवन राष्ट्रिय निकुञ्ज, पाल्पा तानसेन, कालापानी, पवित्र तीर्थस्थल मुक्तिनाथ, र प्रसिद्ध लोमान्थाङ शहरमा विश्राम गर्दै कोरला सीमानासम्मको यात्रा समावेश छ।
‘यो यात्रामा राइडहरुले ४५० एमटी मोटरसाइकलको क्षमताको प्रत्यक्ष अनुभव गर्नुको साथै नेपालका विभिन्न भूगोलहरूको भ्रमणका गर्ने अवसर प्राप्त गर्नेछन्,’ सीएफ मोटो नेपालको वितरक ऋषि ट्रेड सेन्टरका प्रबन्ध निर्देशक उज्ज्वल जोशीले भने ।


