काठमाडौं । एकपछि अर्को चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बन्द हुन थालेका छन् । यसैक्रममा ग्वान्झाओकोे जीएसी ग्रुप र सांघाईको नियो इंकले संयुक्त रूपमा स्थापना गरेको नयाँ इलेक्ट्रीक भेहिकल कम्पनी हाइकान अटोमोबाइल टेक्नलोजी बन्द हुने भएको हो ।
पछिल्लो समयमा नगद प्रवाहका कारण हाइकान आर्थिक समस्याबाट गुज्रिरहेको छ । हाइकानको बिक्री एकदमै कम संख्यामा रहेको छ । पछिल्लो समाचारहरूका अनुसार हाइकान अटोमोबाइलले सांघाई शाखाका कर्मचारीहरू निष्कासित गरेको छ । हाइकानले संघाइको सबै स्टोरहरू समेत गत जुनदेखि बन्द गरिसकेको छ ।

चीनको ग्वान्जाओ सहरमा मुख्यालय भए पनि हाइकानले यस वर्षको ग्वान्जाओ अटोशोमा समेत भाग लिएको थिएन ।
हाइकानको बिक्री २ वर्ष यता अपेक्षाकृत रहेको थिएन । हाइकानको बिक्री सन् २०२० मा ६५९ युनिट, सन् २०२१ मा २ हजार ९२१ युनिट, सन् २०२२ मा १९ हजार ६२१ युनिट तथा सन् २०२३ मा १५ हजार ९८० युनिट भएको थियो ।
हाइकानको ग्वान्जाओ हेडक्वाटरमा समेत अब मात्र ५० जना कर्मचारीहरू बाँकीक रहेका छन् । हाइकानका कर्मचारीहरूका अनुसार कम्पनीसँग कम्पेन्सेसन प्याकेजको विषयमा छलफल भइरहेको छ । कर्मचारीहरूले अघिल्लो महिनाको आधा महिनाको तलब मात्र पाएका समेत बताएका छन् ।

हाइकानमा गत अप्रिलबाटै लेअफ सुरू भएको थियो । उक्त समयमा ५० प्रतिशत ‘स्टाफ लेअफ’ भएका थिए जुलाइमा कम्पनीमा मात्र ६०० कामदारी बाँकी रहेका थिए । कम्पनीले उक्तसमयमै उत्पादन बन्द गरेको जानकारी प्राप्त भएको छ ।
सन् २०१७ मा जीएसी र नियो मिलेर स्थापना गरेको यो कम्पनीमा जीएसीको जिम्मा आर एण्ड डी र कार उत्पादन रहेको थियो । नियोले टेक्नलोजी र ईभीको इन्फ्रास्ट्रक्चर बनाउने गरेको थियो । यो जेभीबाट जीएसीले प्रिमियम मार्केटमा प्रवेश गर्ने र नियोले मास मार्केटमा इन्ट्रीमार्ने अपेक्षा रहेको थियो ।

हाइकान ब्राण्डमा हाइकान ००७ मिडसाइज एसयूभी, हाइकान जेड ०३ सबकम्प्याक्ट क्रसओभर एसयूभी, हाइकान ए०६ मिडसाइज सेडान तथा हाइकान भी ०९ इलेक्ट्रीक एमपीभी उत्पादन भएको थियो ।

