काठमाडौं । टीभीएसको मोटरसाइकल तथा स्कुटरमा ‘च्याम्पियन एक्सचेन्ज अफर’ सुरू भएको छ ।
नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई मध्यनजर गर्दै यस एक्सचेन्ज अफर ल्याएको हो ।
कम्पनीका अनुसार एक्सचेन्ज अफर आजदेखि मंसिर १५ गतेसम्म संचालन हुनेछ । नेपाल भर रहेका टीभीएसको आधिकारिक शोरुमहरूमा एक्सचेन्ज सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
यस अफर अन्तर्गत ग्राहकले आफूसँग भएका जुनसुकै ब्राण्डका दुई पाङग्रे साधनसँग टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर साट्न पाउने छन् । साथै, एक्सचेन्ज मार्फत ग्राहकले ६ हजार रुपैयाँ थप मूल्याङकन र स्योरसट नगदका रुपमा ६ हजार रुपैयाँ छुट पाउने छन् ।
यसका अलावा ग्राहकले शून्य प्रतिशत ब्याजदरमै टीभीएसको सेलेक्टेड मोडल खरिद वा एक्स्चेन्ज गर्न सक्ने छन् । ३ हजार ९९९ रुपैयाँ सुरुआती ईएमआईमा अन्य मोडलहरू पनि पाउने छन् ।
त्यस्तै, कम्पनीले ग्राहकलाई एउटा हेल्मेट र आफूले बिक्री गरेको साधनमा लाइफ टाइम वारेन्टी समेत दिने जनाएको छ ।


