बीवाइडीका दुई ईभी भारतमा दर्ता, नेपाल आउने सम्भावना कति ?

काठमाडौं । बीवाइडीले भारतमा २ नयाँ ईभीको प्याटेन्ट दर्ता गरेको छ । कम्पनीले आफ्नो सब-ब्राण्ड फ्याङ चेङ बाओको अफरोड इलेक्ट्रीक एसयूभी र स्पोट्स कारको प्याटेन्ट दर्ता गरेको हो ।

बीवाइडीको बाओ-३ एसयूभी र बाओ-९ स्पाट्स कारको प्याटेन्ट दर्ता गर्दै निकट भविष्यमै यी दुई ईभी भारतमा लन्च गर्ने संकेत गरेको हो । कम्पनीले प्याटेन्ट दर्ता गरेता पनि कहिले भारतमा लन्च गर्छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

बाओ-३ अफरोड एसयूभी कम्पनीको सुपर थ्री कन्सेप्ट कारको प्रोडक्सन भर्सन हो । पर्फर्मेन्समा आधारित रहेर आउने बाओ ३ एसयूभी बक्सी डिजाइनमा तयार भएको छ । यसको आकर्षक फ्रन्ट र रियर बम्पर, पृथक लाग्ने एलइडी लाइट, बाक्लो बडी क्लाइडिङ, फ्लस डोर ह्याण्डल, स्पोर्टी अलोय ह्वील, रुफ रेल र साइड मोल्डीङको कारण स्पोर्टी लुक्स पाउन सकिन्छ । कम्पनीले यसमा १८ र १९ इन्चको ह्वील दिएको छ ।

बाओ-३ को लम्बाइ ४६०५ एमएम, चौडाइ १९०० एमएम र उचाइ १७२० एमएम छ । यसमा २७४५ एमएम लामो ह्वीलवेस दिइएको छ । अफरोडको लागि उपयुक्त हुने एसयूभीको अप्रोच एङ्गल २५ डिग्री र डिपार्चर एङ्गल २८ डिग्री छ ।

फोर ह्वील ड्राइभ सिस्टमको साथ आउने बाओ-३ को फ्रन्टमा ११० किलोवाट र र रियरमा २२० किलोवाटको मोटर छ । यी दुई मोटरको संयुक्त पावर ४५० पीएस छ । यो एसयूभी मात्र ४.९ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको स्पीडमा गुड्न सक्छ । यसको टप स्पीड २०१ किलोमिटर प्रतिघण्टा रहेको छ । बीवाइडीको एड्भान्स ब्लेड ब्याट्री प्याक रहेको छ ।

त्यस्तै, बाओ-९ एक कन्भर्टेवल स्पोट्स कार हो । लेम्बोर्गिनी र अउडी जस्ता कम्पनीमा काम गरिसकेका डिजाइनर ओल्फगेङ एगर्टले डिजाइन गरेको यो कार निकै चर्चामा छ ।

कर्भी डिजाइन प्रोफाइल र सिजर डोर कि हाइलाइट भएको बाओ-८ दुई सिट क्षमता भएको कार हो । ड्यूल ककपिट, रेसिङ स्टाइलको स्टेरिङ ह्वील, इन्ट्रीगेटेड कार्बन फाइबर सिट यसमा पाउन सकिन्छ । कारको सेन्टर कन्सोलमा रेट्रो स्पोट्स कारको जस्तो रेस इन्स्पायर्ड बटम दिएको छ । कम्पनीले यो कारको ब्याट्री क्षमता, मोटर पावर लगायतका विषयमा जानकारी दिएको छैन ।

बीवाइडी नेपालमा सर्वाधिक सफल विद्युतीय ब्राण्ड हो । त्यसमा पनि अफरोड एसयूभीको बजार नेपालमा पनि राम्रो छ । त्यसैले स्पोट्स कार बाओ-९ को विषयमा केही भन्न नसकिएपनि बाओ-३ एसयूभी भने आउन सक्ने छ ।


Back_to_top