होन्डाको नयाँ बाइक CB300-R मार्चमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

होन्डाले भारतीय बजारमा सीबी ३०० आर रेट्रो बाइकको बुकिङ सुरु गरेको छ । कम्पनीले यस नयाँ बाइकको मूल्य भारतीय बजारमा २ लाख ५० हजार भारतीय रुपैयाँ राखेको तोकेको छ ।

यसलाई कम्पनीले होन्डाको प्रिमियम डिलर नेटर्वकबाट मात्र बुकिङ गर्न सकिने जनाएको छ । संभवत कम्पनीले मार्चमा यसलाई भारतीय बजारमा उतार्ने छ ।

बेलायाती बजारमा बिक्री हुने सीआरबी ३०० आरमा २८६ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड ४ भल्व ‘डीओएचसी’ इन्जिन जडान भएको यो बाइकले ३१.४ एचपी पावर र २७.५ एनएम टर्क जेनेरेट गर्नेछ । तर, भारतीय बजारमा सार्वजनिक हुने बाइकको स्पेशिफिकेशनको बारेमा कम्पनीले अहिलेसम्म केही खुलाएको छैन ।

प्रिलोडेड एड्जस्टेवल मोनोसक सस्पेनशन दिइएको यो बाइकमा अगाडि २९६ एमएम र पछाडि २२० एमएमको डिस्क ब्रेक दिइएको छ । साथै, यसमा डियुल च्यानल एबीएस जडान गरिएको छ ।

यसलाई भारतीय बजारमा दुई कलर अप्सनमा बजारमा ल्याउने जनाइएको छ । कम्पनी स्रोतका अनुसार एक्सीस ग्रे मेटालिक र क्यान्डी क्रोमोस्पीयर रेड कलरमा नयाँ बाइक सार्वजनिक हुनेछ ।

यो बाइकले भारतीय बजारमा रोयल इनफिल्डको इन्टरसेप्टर ६५० र केटिएम ड्युक ३९० सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

भारतीय बजारमा सार्वजनिक भएको अधिकांश मोडल नेपाली बजारमा आउने गरेको छ । यस्तोमा सीबी ३०० आर नेपाली बजारमा आउने छ । नेपाली बजारमा होन्डाका उत्पादन स्याकार कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।

यो बाइक नेपाली बजारमा आउने हो भने यसको मूल्य करिब ८ लाख रुपैयाँको हाराहारीमा पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top