बुद्ध एयरले काेलकत्ता उडान गर्ने

काठमाडौँ । बुद्ध एयरले भारतको काेलकत्ता उडानको तयारी गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नयाँ अन्तर्राष्ट्रिय उडान गन्तब्यको तयारीबारे जानकारी दिएका हुन् । बुद्ध एयर हाल भारतकाे वाराणसीकाे  नियमित चार्टड उडान गरिरहेकाे छ । 

२०७६ को बैशाखदेखि  सोमबार, बुधबार र शुक्रबार गरि साताको ३ उडानकाठमाण्डौँ–कोलकत्ता–काठमाडौँ उडान गर्ने उनले बताए । यो उडान हाल प्रयोग भइरहेको एटीअर ७२ विमानबाटै हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यो उडान सफल भए २०७७ साल भदौबाट दक्षिण एसियाका विभिन्न महानगरहरुमा उडान शुरु गर्ने बुद्ध एयरको योजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

कोलकत्ता हाम्रो परीक्षण उडान हो, यस उडानलाई सफल बनाउन संख्यात्मक र गुणात्मक पर्यटक भित्र्याउन नेपाल सरकार सहित सबै सरोकारवालाहरु होटल, ट्राभल टुर्स, ट्रेकिङ एजेन्सीहरुसँग सहकार्य गर्ने प्रबन्ध निर्देशक बस्नेतले पत्रकार सम्मेलनमा बताए । काठमाडौँ कोलकत्ता अन्तर्राष्ट्रिय उडानको भाडादर चलन चल्ती कै हुने बुद्ध एयरले जनाएको छ ।


Back_to_top