काठमाडौं । भारत सरकारले जीएसटी २.० संशाेधनमार्फत ३५० सीसीसम्मका मोटरसाइकलमा कम कर लाग्ने व्यवस्था गरेसँगै भारतीय दुईपाँग्रे बजारमा नयाँ रणनीतिक प्रतिस्पर्धा सुरू भएको छ ।
सरकारले करको दर निर्धारण गर्दा ३५० सीसीलाई एउटा सीमा बनाएपछि उत्पादकहरूले आफ्ना ठूला सीसीका मोटरसाइकल ३५० सीसीमा ल्याउने थालेको हुन् ।
सरकारी निर्णयको उपयोग गर्दै हार्लेले ३५० सीसी क्षमताको इन्जिनमा मोटरसाइकल ल्याउने भएको हो ।
भारतमा हिरोको सहकार्यमा उत्पादन हुँदै आएको हार्लेको ४४० सीसीका मोटरसाइकल थिए । अब ती मोटरसाइकल ३५० सीसी क्षमतामा आउने भएको हो । कम्पनीले यसअघि हार्ले एक्स-४४० टी उत्पादन गर्दै आएकोमा अब एक्स-३५० टी नाममा ल्याउने भएको छ ।
भारतीय बजारमा सार्वजनिक हुने क्रममा रहेको हार्ले एक्स-३५० टी परिक्षणको क्रममा देखिएको छ । योसँगै भारतयमा यसको चर्चा सुरू भएको हो । सार्वजनिक तस्बीरमा फ्युल ट्यांकमा हार्ले एक्स-३५० टी स्पष्ट देख्न सकिन्छ । नयाँ मोडलको नाम परिर्वतनसँगै नयाँ ओरेन्ज कलर थिम र नयाँ ग्राफिक्स पनि दिइएको छ ।
इन्जिन, कलर र ग्राफिक्स बाहेक एक्स-३५० टीको डिजाइन एक्स-४४० टीसँग मिल्दोजुल्दो देखिन्छ । गत वर्ष एक्स-४४० टीमा प्रस्तुत गरिएको नयाँ डिजाइन र एस्थेटिक्सलाई निरन्तरता दिइएको छ ।
एक्स-३५० टीमा पुरानै मेनफ्रेम र सबफ्रेम प्रयोग गरिएको छ । फिचरका हिसाबले दुवैतर्फ डिस्क ब्रेक, डुअल च्यानल एबीएस, पोर्टेट स्टाइल टीएफटी क्लस्टर, यूएसडी फर्क, ट्विन शक रियर सस्पेन्सन, सर्कुलर हेडलाइड, अल एलईडी लाइट पाउन सकिन्छ ।
एक्स३५० टीमा ३५० सीसी क्षमताको इन्जिन हुनेछ । यसले अनुमानित २५ हर्षपावर र ३५ एनएम टर्क जनेरेट गर्छ । हाल भारतीय बजारमा हार्ले ४४० को मूल्य २ लाख ८६ हजार रुपैयाँ रहेको छ । नयाँ ३५० सिरिजको मूल्य भने केही कम हुने अपेक्षा गर्न सकिन्छ ।

