ह्याकरलाई टेस्लाको चुनौति, सिस्टम ह्याक गर्न सक्नेलाई ११ करोड पुरस्कार

टेस्ला मोटर्सले आफुले उत्पादन गरेकाे माेडल थ्रीकाे कमजोरी पत्ता लगाउने उद्देश्यसहित ह्याकिङ्ग प्रतिस्पर्धाको आयोजना गर्ने भएको छ । 

कम्पनीले तीन ओटा इलेक्ट्रीक कारको विशेषता ह्याक गर्न सक्षम ह्याकरलाई १ मिलियन डलर अर्थात् करिब ११ करोड ३६ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार प्रदान गर्ने जनाएको हो । 

टेस्लाले क्यानडामा आयोजना हुने ‘पीडब्ल्यूएन टु ओन’ २०१९ नामक तीन दिवसिय साइबर सेक्युरीटी कन्सेप्ट प्रतियोगितामा आफ्नो तीन ओटा इलेक्ट्रीक कारसहित सहभागिता जनाउने भएको हो । 

पीडब्ल्यू टु ओन एउटा कम्प्युटर ह्याकिङग कन्सेप्ट हो । ‘पीडब्ल्यूएन टु ओन’ प्रतिस्पर्धाको सुरुवात सन् २००७ बाट सुरु भएको थियो । यसमा सहभागीता जनाएका ह्याकरलाई सफ्टवेयर तथा मोबाइल डिभाइसको कमजोरी पत्ता लगाउने चुनौति दिने गरिन्छ । 

उक्त प्रतिस्पर्धामा विजय हासिल गर्नेलाई डिभाइसको साथै नगद पुरस्कार दिने आयोजकले जनाएको छ ।  


Back_to_top