काठमाडौं । टीभीएस मोटरसाइकलको लागि नेपालको आधिकारीक बितरक जगदम्बा मोटर्सले ५ दिनको एक्सचेन्ज कार्यक्रममा ५०० यूनिट बाइक बिक्री गरेको छ ।
उक्त कार्यक्रम काडमाडौंको भृकुटीमन्डपमा पुष २४ गतेदेखि २९ गतेसम्मको लागी आयोजना गरिएको थियो । ग्राहकको सुबिधाको लागी थप एक दिन थप गरिएको थियो ।
टीभीएस अपाचे आरटीआर १६० ४भी, १६०, १८०, २००, २०० ४भी बाइक तथा स्कुटरतर्फ जुपिटर, जुपिटर क्लासिक, एनटर्क, स्टाइकर, वीगोलगायतका बाइक तथा स्कुटर यो योजना समावेस थिए ।
ग्राहकले कुनै पनि बाइक लिएर गएर टीभीएस नयाँ बाइकसगँ एक्सचेन्ज गर्न पाउने सुबिधा उपलब्ध थियो । कुनै पनि कम्पनीको बाइकको न्युनतम मूल्य २५ हजार रुपैयाँ मुल्याङ्कन रहेको थियो । ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेर ० प्रतिशत ब्याजदरमा बाइक प्राप्त गर्न सक्ने व्यवस्था समेत उपलब्ध थियो ।
उक्त योजना अन्तर्गत ग्राहकले स्क्रयाच कार्डमार्फत ७ हजार देखि १ लाखसम्म नगद जित्ने मौका प्राप्त गर्ने मौका समेत रहेको थियो ।
यो योजनामा हरेक ग्राहकले बाइक खरिदमा ८ हजार बराबरको गिफ्ट प्राप्त गरेका थिए । जसमा हेल्मेट, पन्जा, बाइक कभर र ब्याग रहेको छ ।


