आउँदै नयाँ ईकोस्पोर्ट, यस्ता हुने छन् विशेषता

फोर्डले नयाँ ‘ईको–स्पोर्ट’ उत्पादन गर्ने तयारी सुरु गरेको छ । कम्पनीले अहिले युरोपियन सडकमा यसको परीक्षण गरिरहेको छ । मिडिया रिपोर्टकाअनुसार यो नयाँ कम्प्याक एसयूभीलाई सन् २०२० को सुरुवातमा बजारमा उतार्ने तयारी भइरहेको छ । 

कम्पनीकाअनुसार अल–न्यू ईकोस्पोर्ट स्लीकर हुनेछ भने अहिलेको मोडलको तुलनामा बढी स्पोर्टी हुनेछ । नयाँ ईको–स्पोर्ट फोर्ड फिएस्टा प्लेटफर्ममा निर्माण भएको हो । अब यो गाडी एसयूभीभन्दा पनि बढी क्रसओभरजस्तो देखिएको छ । 

अन्तर्राष्ट्रिय बजामा बिक्री–वितरण गर्न भन्दै कम्पनीले यस मोडलमा मेलो–डाउन डिजाइन प्रयोग गरेको छ । अहिलेको अवस्थामा नेपाली बजारमा भने ईकोस्पोर्ट निकै चर्चित रहेको छ ।

सेकेन्ड जेनेरेशन ईको–स्पोर्ट ४ मिटर लम्बाईमा मात्रै सीमित हुने छैन । यसको लम्बाई कति हुने भन्ने कुरा बाहिर नल्याइएपनि पहिलेभन्दा यसको ह्वीलवेस केही लामो हुने छ । 

कम्पनीले अल–न्यू ईको–स्पोर्टमा आधुनिक डिजाइन दिएको छ । त्यस्तै, फ्रन्टमा हेक्जागोनल ग्रील समावेश गरेको छ ।

भारतीय बजार लक्षित नयाँ ईकोस्पोर्टमा कम्पनीले पेट्रोल इन्जिनमात्रै अफर गरेको छ । यसमा १.५ लिटर, थ्री–सिलिन्डर डार्गन पेट्रोल इन्जिन दिएको छ । त्यस्तै, १.० लिटर टर्बो–पेट्रोल इन्जिन पनि दिने अनुमान गरिएको छ । । 

ल्याटिन अमेरिकामा अहिलेको ईकोस्पोर्टमा २.० लिटर नेचुरल्ली एस्पीरेटेड पेट्रोल इन्जिन दिएको छ । त्यस्तै, ब्राजिलमा भने कम्पनीले ईकोस्पोर्टमा फोर–डब्ल्यूडी अप्सन दिएको छ । 


Back_to_top