काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल उत्पादक हुन्डाई मास मार्केड ब्राण्डमध्ये अटो प्रविधि नवप्रवर्तनमा लगातार सातौं वर्ष शीर्ष स्थानमा रहन सफल भएको छ ।
जेडी पावरको हालै सार्वजनिक गरेको ‘२०२६ यूएस टेक एक्सपिरियन्स इन्डेक्स’ अध्ययन अनुसार हुन्डाई कारको प्रविधिको इनोभेसनमा पहिलो स्थान हासिल गर्न सफल भएको हो ।
विश्वभर अटो बजारमा नयाँ नयाँ प्रविधि विकासमा तीव्र प्रतिस्पर्धा भइरहँदा हुन्डाईले आफूलाई अब्बल सावित गरेको हो ।
हुन्डाईले १,००० अंकमा ५२४ अंक पाउँदै मास्क मार्केट अटो प्रविधि इनोभेसनमा शीर्ष स्थान सुरक्षित गरेको छ । उपभोक्तालाई जटिलतामुक्त र व्यावहारिक प्रविधि प्रदान गर्ने रणनीतिले हुन्डाई लगातार ७ वर्षसम्म शीर्ष स्थानमा रहन सफल भएको अध्ययनले जनाएको छ ।
त्यसैगरी, समान ४७० अंकका साथ अमेरिकन अटो ब्राण्ड जीएमसी र कोरियाली ब्राण्ड किया संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् ।
पछिल्लो समय गाडीमा स्क्रीन र नयाँ डिजिटल प्रविधिको प्रयोग गर्ने होडबाजी चलिरहेको छ । ती प्रविधि केही जटिल समेत छन् । त्यस्ता प्रविधिभन्दा चालकको ध्यान भंग नगर्ने र पृष्ठभूमिमा सहजै काम गर्ने ‘स्मार्ट टेक’ जस्तै स्मार्ट इग्निसन र स्मार्ट क्लाइमेट कन्ट्रोललाई उपभोक्ताहरूले बढी रुचाएको अध्ययनले देखाएको छ।
हुन्डाईका गाडीहरूमा उपलब्ध ब्लाइण्ड स्पट क्यामेरा र ईभी चार्जिङ सेड्युलर जस्ता उपयोगी प्रविधिहरूले चालकको दैनिक अनुभवलाई झन् सरल र सुरक्षित बनाएका छन्।
सवारी साधनमा केवल आकर्षक प्रविधि थप्नुभन्दा पनि त्यसको प्रभावकारी र समस्यारहित कार्यान्वयन नै ग्राहक सन्तुष्टिको मुख्य कुरा रहेको यो नतिजाले स्पष्ट पारेको छ ।
त्यस्तै, प्रिमियम ब्राण्डतर्फ क्याडिलैक ६४१ अंकका साथ पहिलो स्थानमा छ । जेनेसिस ५५९ र बीएमडब्लू ५२४ अंकका क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
जेडी पावरले यो अध्ययन सन् २०२६ मा गाडी किनेको ९० दिन पूरा भइसकेका ६८ हजार ८४ जना नयाँ सवारी चालकको प्रतिक्रियाको आधारमा गरेको हो ।



