टेस्लामा इलन मस्कको सेयर हिस्सा कति ? यी हुन् १० ठूला लगानीकर्ता

एजेन्सी । अमेरिकी लग्जरी कार कम्पनी टेस्ला भन्ने वित्तिकै इनल मस्कको नाम अगाडि आउँछ । टेस्लाका सीईओको रुपमा समेत काम गर्दै आएका मस्क केही वर्ष अगाडिसम्म चेयरम्यान पनि थिए ।

यसरी मस्कको नाम टेस्लाको पर्यावाची बनेको छ की लाग्छ टेस्ला उनको एकल स्वामित्वको कम्पनी हो । इलन मस्कको नाममा करिब १२ प्रतिशत सेयर मात्रै रहेको छ ।

प्रिमियम इलेक्ट्रीक भेहिकल उत्पादन गर्ने टेस्ला एक पब्लिक कम्पनी हो । यसको मार्केट क्यापिटलाइजेशन १.२५ ट्रिलियन डलर छ । अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत टेस्लामा धेरै लगानीकर्ता छन् । टेस्लामा साना लगानीकर्ताको ६२.८५ प्रतिशत हिस्सा छ । बाँकी ३७.५ प्रतिशत हिस्सा मात्र ठूला लगानीकर्ता र इन्भेस्टमेन्ट कम्पनीको छ ।

टेस्लामा व्यक्तिगत तर्फ भने सबैभन्दा ठूलो होल्डिङ इलन मस्क कै रहेको छ । कम्पनीमा मस्कको हिस्सा १२.८१ प्रतिशत छ । जसको बजार मूल्य आजको दिनमा १७३ बिलियन डलर पुगेको छ ।

टेस्लामा दोस्रो ठूलो लगानीकर्ता भिनगार्ड इन्भेस्टमेन्ट मेनेजमेन्ट कम्पनी छ । कम्पनीले ७.४६ प्रतिशत हिस्सा राखेको छ । यसको बजार मूल्य १०१ बिलियन डलर हुन्छ । टेस्लाको तेस्रो ठूलो लगानीकर्ता अमेरिकाको चर्चित इन्भेस्टमेन्ट कम्पनी व्ल्याकरक ग्रुप हो । ब्ल्याकरकको नाममा ६.०७ प्रतिशत हिस्सा छ । यसको बजार मूल्य ८२ बिलियन डलर हुन्छ ।

चौथो ठूलो लगानीकर्ता स्टेट स्ट्रीट कर्पोरेशन हो । कर्पोरेशनले टेस्लामा ३.४८ प्रतिशत, पाँचौमा गोडे क्यापिटलको १.८५ प्रतिशत, छैठौमा क्यापिटल वर्ड इन्भेस्टरको १.३३ प्रतिशत रहेको छ । ठूलो लगानीकर्ताको सूचीमा सातौ स्थानमा मोर्गन स्यान्ट्लेको १.२५ प्रतिशत, आठौमा जेपी मोर्गनको १.०१ प्रतिशत, नवौमा नोर्गिस बैक इन्भेस्टमेन्टको ०.९६ प्रतिशत र दशौमा टी रोईको ०.९३ प्रतिशत हिस्सा रहेको छ ।


Back_to_top