क्रसफायर आरएमजेड २५० को प्रि–बुकिङ खुला, यस्तो छ मूल्य

Reference Image

काठमाडौं । क्रसफायर आरएमजेड २५० को प्रि बुकिङ खुला भएको छ । कम्पनीले क्रसफायर आरएमजेड २५० को अपग्रेडेड भर्सनको प्रि–बुकिङ खुला गराएको हो ।

क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले आरएमजेड २५० को एफआई भर्सन नेपाल भित्र्याउने भएको हो ।

यसअघि नै नेपाली बजारमा बिक्री हुँदै आएको आरएम २५० लाई अझै परिष्कृत गर्दै एफआई इन्जिनमा आएसँगै यसको पावर र पर्फमेन्स अझै राम्रो हुने कम्पनीको दावी छ ।

कम्पनीले नयाँ आरएमजेड २५० को मूल्य ८ लाख ५९ हजार रुपैयाँ तोकेर बुकिङ खुलाएको हो । अहिले बुकिङ गर्ने ग्राहकले निशुल्क प्रिमियम डर्ट हेल्मेट, राइडिङ ज्याकेट, एड्भेन्चर राइडमा सहभागिता लगायतका अफर पाउने छन् ।

 


Back_to_top