सीजी मोटर्सले वीरगंजमा एकैपटक लन्च गर्यो आधा दर्जन ब्राण्ड

काठमाडौं । सीजी मोटर्सले वीरगंजमा एकैपटक आधादर्जन ब्राण्डका विद्युतीय सवारी (ईभी)लन्च गरेको छ । कम्पनीले देशभर आफ्नो उपस्थिति बढाउने क्रममा वीरगंजमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।

शुक्रबार वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ/डाइरेक्टर हेमन्त अग्रवाल लगायतको उपस्थितिमा नयाँ शोरुममो उद्घाटन गरेका हुन् ।

सीजीले वीरगंजका लागि मिनोल्टा इन्भेस्टमेन्ट प्रालि आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको हो । अब मिनोल्टाले वीरगंजमा सीजी मोर्टर्सले आयात गर्ने ६ ब्राण्डका गाडीहरू बिक्री गर्नेछ ।

अब ग्राहकले वीरगंजबाट अवतार, एक्सपेंग, नेटा, आयोन, आयोन र रिडारा ब्राण्डका विद्युतीय कार खरिद गर्न पाउने छन् ।

 


Back_to_top