रेन्जमा विश्व रेकर्ड कायम गर्ने रेनोको नयाँ कार

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले रेट्रो फ्यूचरिस्टीक इलेक्ट्रीक प्र्रोटोटाइप विकास गरेको छ । रेनोले बनाएको नयाँ ईभीको प्रोटोटाइप एरोडायनामीक्स र लो वेट रहेको दावी छ ।

रेनोले नयाँ टेक्नोलोजी, मेटेरियल र इनोभेसनको लागि ल्याब्रोटरी अन ह्वील्स बनाएको बताएको छ । कम्पनीले फिलान्टे नाम दिएको यो प्रोटोटाइपले यसै वर्षको मध्यतिर विश्व रेकर्डको प्रयास गर्नेछ । रेनोको ध्यान स्पीडमा नभई सिंगल चार्जमा कसरी सबैभन्दा धेरै रेन्ज निकाल्ने भन्नेमा रहनेछ ।

रेनोले लिजियर अटोमोटीभसँगको सहकार्यमा बनाएको उक्त प्रोटोटाइपको लम्बाइ ५.१२ मिटर छ । यो कारको ककपिट स्पेश ट्राभल एभिएसनबाट प्रभावित रहेको देखिन्छ । यसमा गेमिङ कन्ट्रोलको जस्तो फरक खालको स्टेरिङ दिएको छ । यो कारको स्टेरिङ स्टीर वाई वायर तथा ब्रेक बाई वायर टेक्नोलोजीको ब्रेकिङ सिस्टम हुनेछ ।

यो कारको तौल मात्र १००० केजी रहेको छ । कम तौलको कार बनाउनको लागि यसको बडीमा एल्मुनियम, कार्बन फाइबर र स्टीलको प्रयोग भएको छ । यो कारको डिजाइनको लागि स्पेशल्ली डिजाइन गरिएको थ्रीडी प्रिन्टीङ भएको एल्मुनियम अलोय ह्वील छ । कारको तौल १००० केजी भएपनि यसमा प्रयोग भएको ब्याट्री प्याकको तौल ६०० केजी छ । यो कारमा ८७ किलोवाट आवरको ब्याट्री प्याक रहने छ ।

रेनोको यो नयाँ कन्सेप्ट कारले रेन्जको विश्व रेकर्ड तोड्न सक्छ वा सक्दैन त्यो हेर्न भने यो वर्षको आधासम्म कुर्नु पर्ने हुन्छ ।


Back_to_top