बाइकको तस्बिर खिचेर १० हजार जित्न सकिने, फोटो खिचेपछि के गर्ने ?

काठमाडौं । बजाज मोटरसाइलको फोटो खिचेर १० हजार जित्न सकिने ‘फोटो कन्टेस्ट’ सुुरू भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ‘बजाज ह्वील अफ मेमोरिज’ नामक फोटो कन्टेस्ट संचालनमा ल्याएको हो ।

यो फोटो कन्टेस्टमा सहभागी हुन कुनैपनि नेपाली महिना झल्किने गरि बजाजको मोटरसाइकलको फोटो खिच्नु पर्नेछ ।

हंशराज हुलाश चन्द एण्ड कम्पनीले रुटिन अफ नेपाल बन्द फेसबुक पेजसँगको सहकार्यमा यो फोटो कन्टेस्ट आयोजना गरेको हो । यो कन्टेस्टमा सहभागी मध्ये १२ जना बिजेताले १० हजार रुपैयाँ नगद पुरस्कारको साथै गिफ्ट ह्याम्पर समेत पाउने छन् ।

यो केन्टेस्टमा सहभागी मध्य १२ जना बिजेताले खिचेको तस्बीर रुटिन अफ नेपाल बन्दको पेजमा फिचर गरिने छ । यी फोटोलाई हंशराज हुलास चन्द एण्ड कम्पनीले क्यालेन्टर तथा अन्य प्रयोजनका लागि समेत प्रयोग गर्ने जनाएको छ ।

यो कन्टेस्ट मार्च २२ सम्म संचालन हुने कम्पनीले जनाएको छ । फोटो खिच्नेले गोल्छा ग्रुपको आधिकारिक वेवसाइट लगइन गरेर आफ्नो सहभागिता जनाउन सकिने छ ।


Back_to_top