चालकको भन्दा ७ गुणा सुरक्षीत ड्राइभिङ सिस्टम भएको कार

काठमाडौं । आइएम मोटर्सको एलएस-६ मोडल राइट ह्याण्ड ड्राइभमा तयार भएको छ । एसएआइसी ग्रुपको प्रिमियम ब्राण्ड आइएमले लग्जरी एसयूभी एलएस-६ को राइट ह्याण्ड ड्राइभ भर्सन आगामी मार्च २४ तारिखमा थाइल्याण्डबाट बिक्री सुरु गर्न लागेको हो ।

आइएम मोटर्सले ‘एडी’ नामक स्मार्ट ड्राइभिङ एसिस्ट दिए एलएस-६ मोडल निकै सुरक्षीत कार मानिन्छ । एडी फिचरकै कारण चालकको भन्दा ६.७ गुणा सुरक्षीत ड्राइभिङ सिस्टमले नै गर्ने कम्पनीको दावी छ ।

आइएम मोटर्सका उत्पादन नेपाल पनि आउने तयारी चलिरहेको छ । पारामाउन्ट मोटर्सले नै यसलाई नेपाल ल्याउने सम्भावना छ । किनभने आइएम ब्राण्ड एसएआईसीको एमजी ब्राण्ड भित्रै रहेको छ ।

कम्पनीले एलएस-६ मोडललाई लिजार्ड डिजिटल च्यासिसमा तयार गरेको हो । इन्टेलिजेन्ट फोर ह्वील स्टेरिङ सिस्टम, अल्ट्रा लङ रेन्ज, हाइ-प्रिकसन लाइडार, एनभीडिया ड्राइभ अर्गेन चीप, ‘क्वालकमको स्न्यापड्रागन एसए-८२९५पी प्लेटफर्म’सहितको स्मार्ट ककपीट यसमा पाउन सकिन्छ ।

यसमा रहेको अटोनोमस पार्किङ एसिस्टेन्स पनि निकै रोचक छ । त्यो के भने पार्किङ सेन्सर मात्रै यसमा ३०० वटा प्रयोग भएको कम्पनीको भनाइ छ । कम्पनीले एलएस-६ लाई रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टममा ल्याउने छ । यसको रियर ह्वील मोटर २१६ किलोवाट पीकपावरको छ । उक्त मोटरले ४५० एनएम टर्क प्रदान गर्छ ।

रियर ह्वीलमै २४८ र ३०० किलोवाटको मोटर पनि अप्सनमा पाउन सकिन्छ । यी दुबै मोटरको टर्क भने ५०० एनएम छ । रियर ह्वील ड्राइभमा ब्याट्री पनि ७५, ८३ र १०० किलोवाट आवरमा छनोट उपलब्ध हुनेछ । अल ह्वी ड्राइभमा १०० किलोवाट आवरको टर्नरी लिथियम ब्याट्री छ । यसमा मोटर भने ५७९ किलोवाटको छ । यसले ८०० एनएम टर्क प्रदान गर्छ ।


Back_to_top