दिल्लीस्थित जीएम कस्टुमले केटीएम ड्यूक–२०० लाई आकर्षकढङ्गबाट मोडिफाई गरेको छ । परिमार्जित केटीएम ड्यूक निकै बोल्ड तथा आकर्षक देखिएको छ । जीएम कस्टुमले उक्त मोटरसाइकलमा कम्पनीको सिग्नेचर टे«ेलिस फ्रेम लगाएको छ भने, नयाँ ट्यूवलर स्वीङ्गआर्म लगाइएको छ ।
मोटरसाइकलको ह्वीलवेशलाई समेत परिवर्तन गरेको छ भने सस्पेन्सन प्रणालीलाई थप आकर्षक बनाएको छ । मोटरसाइकलको रियरमा नयाँ मनोसक लगाइएको छ भने फ्रन्टमा गिर्डर–फर्क सेटअप दिइएको छ । यतिमात्रै नभई फ्यूल ट्याङ्कीलाई समेत परिवर्तन गरिएको जीएम कस्टुमले जनाएको छ ।
यसमा स्टाइलिस इन्जिन सेटअपकासाथै स्टक–ह्यान्डलबार, ट्वाइन एलईडी हेडल्याम्प, रेडिएटरले छोपिएको नयाँ टेलपिस लगाइएको छ । यसमा उपलब्ध सिङ्गल सिलिन्डर लिक्विड–कुल्ड इन्जिनले अधिकतम् २५ पीएस पावरकासाथै १९.२ एनएम–टर्क उत्पादन गर्छ ।
यसको इन्जिनमा सिक्स–स्पीड ट्रान्समिसन लगाइएको छ । जीएम कस्टुमले परिमार्जित गरेको मोटरसाइकल थप स्टाइलिस रहेको छ । परिमार्जनपछि यस मोडलको मूल्य १ लाख ५५ हजार भारु तोकिएको छ ।

