जुलुसका कारण उपत्यकाको यी स्थानमा सडक जाम

काठमाडौं । नेपाली काँग्रेसले आज देशभर आयोजना गरेको र्यालीका कारण उपत्यकाको ट्राफिक ब्यवस्थापन निकै चुनौति पूर्ण बनेको छ । 

महानगरीय ट्राफिक प्रहरी कार्यालयले टुईटरमार्फत उपत्यकामा बिभिन्न स्थानमा ट्राफिक जाम रहेकाले बैकल्पीक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । 

अहिले काठमाडौं उपत्यकाका बिभिन्न १२ स्थानमा सडक जाम रहेको भन्दै वैकल्पीक सडक प्रयोग गर्न ट्राफिक महाशाखाले सूचना प्रकाशन गरेको हो ।

उपत्यकाको शान्तिवाटिका, रणदिप चोक, बागबजार, कमलादी, पुतलीसडक, पद्मोदय मोड, सभागृह, भद्रकाली, सुन्धारा, न्युरोड गेट र जमल सडक खण्डमा र्यालीका कारण चापमा रहेको जनाइएको छ । 


Back_to_top