काठमाडौं । बाटोमा लथालिङ्ग रुपमा छरिएका विजुलीका तारहरु मिलाउने कार्यलाई महानगरले तिब्र बनाएको छ । काठमाडौं महानगरपालिकाले टेलिकमसँग संयुक्त रुपमा बाटोमा छरिएका विद्युतीय तारहरु मिलाउने कामको सुरुवात गरेको हो ।
महानगरपालिकाले पहिलो चरणमा त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्मको तार क्ल्यान गरेर राख्ने काम सुरु गरेको छ । हाल त्रिपुरेश्वरदेखि सुन्धारासम्म तार मिलाउने काम भइसकेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाले त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म तार मिलाउने काम सकेपछि वडा नम्बर १७ र २७ मा सुरु गर्ने जानकारी दिएको छ ।
वडा नम्बर १७ को क्षेत्रपाटी र वडा नम्बर २७ को ज्याठा क्षेत्रमा तार हटाउने काम हुने महानगरपालिकाका प्रवक्त इश्वरमान डंगोलले बताएका हुन् ।
उनका अनुसार महानगरपालिकाले ३२ वटै वडामा लथालिङ्ग भएका तारहरु हटाउने र मिलाउने काम अगाडि बढाइएको छ ।
‘पहिलो चरणमा त्रिपुरेश्वरबाट सुरु गरेका छाैँ, विस्तारै ३२ वटै वडामा तार हटाउने काम गरिन्छ,’ डंगोलले मेरोअटोसँग भने ।

