चिनीयाँ नयाँ बर्षमा रोल्स रोयसका नयाँ एसयूभी

रोल्स रोयसले चीनको जोडियाकमा कुलीनान, डाउन, गोस्ट र व्रेथ–अनविल गरेको छ । चिनीयाँ नयाँ वर्षको अवसर पारेर कम्पनीले चाँडै नै बजारमा ल्याउने तयारी गरेका ती प्रोडक्टलाई पिग स्पेशल एडिसनको रुपमा सार्वजनिक गरेको हो । 

लक्जरी कारको उत्पादन तथा बिक्री–वितरण गर्दैआएको रोल्स–रोयसले सार्वजनिक गरेको स्पेशल मोडलहरु यही वर्ष बजारमा आउने छ । कम्पनीले यसअघि बोस्टनको मन्दारिन होटल, मियामी र वासिङ्ट्न डीसीमा गत जनवरी ४ तारिखबाट ८ तारिखसम्म आफ्ना मोडलको प्रदर्शनी गरिरहेको छ । 

उक्त प्रदर्शनीमा उपस्थित गेस्टलाई कुलीनानमा यात्रा गर्न पाउने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ । 

तीनवटै मोडलमा ट्री–टोन एक्सटेरियरसँगै आउरुम गोल्ड–रुफ, डायमन्डब्लाक बडी, मजेलो रेड पिन्स–ट्रीप दिइएको छ भने फ्रन्टमा ओरेन्ट सिम्बोलकासाथै सिटमा हेडरेस्ट इम्ब्रोडेरी लगाइएको छ । क्याबिनमा ब्ल्याक–लेदरकासाथै डिप–रेड एक्सेन्ट लगाइएको कम्पनीले जनाएको छ । 


Back_to_top