सार्वजनिक भयो, पहेँलो रङ्गको बजाज पल्सर एनएस–२००

बजाजले एबीएस उपलब्ध पल्सर–एनएस–२०० लाई पहेँलो–कलरमा सार्वजनिक गरेको छ । यो मोटरसाइकल वाइल्ड–रेड, ग्राफिट–ब्लाक र मारिज–ह्वाइट तीन रङ्गमा उपलब्ध छ । कम्पनीले यसको प्राविधिक पार्टसमा भने कुनै परिमार्जन गरेको छैन ।

यस मोडलमा १९९.५ सीसी, लिक्विड–कुल्ड फोर–भल्भ, फ्यूल इन्जेक्टेड इन्जिन लगाइएको छ । जसले ९ हजार ५ सय आरपीएममा २३.५ बीएचपी पावरकासाथै ८ हजार आरपीएममा १८.३ एनएम–टर्क उत्पादन गर्छ । 

यसको इन्जिनमा सिक्स–स्पीड गियरबक्स लगाइएको छ । बजाजले आफ्ना मोडललाई भारतमा लागू हुने भएको नयाँ इमिशन मापदन्ड बीएस–६ अनुसार परिमार्जन गर्दै लगेको छ । यस मोरटसाइकलमा फुल्ली–डिजिटल मिटर कन्सोल, डिजिटल एनलग इन्स्ट्रुमेन्ट क्लस्टरजस्ता विविध विशेषता दिइएको छ । 

एबीएसको विशेषता उपलब्ध यो मोटरसाइकलको भारतमा मूल्य १ लाख १२ हजार भारु तोकिएको छ भने नन्–एबीएस भेरियन्टको मूल्य १ लाख भारु रहेको छ । 

नेपाली बजारमा पनि पल्सर एनएस २०० बिक्री वितरण भैरहेको छ । यसको नेपाली बजारमा मूल्य ३ लाख १८ हजार ९०० रुपैयाँ रहेको छ । एबीएस भेरियन्ट नेपाली बजारमा आउँछ वा आउँदैन त्यस विषयमा केही खुलाईएको छैन । 


Back_to_top