सेल्फ ड्राइभिङ्ग कारले यसरी बढाउँछ, सडक जामः अध्ययन रिपोर्ट

विश्वभरि कयौँ कम्पनीहरू आफ्नो ड्राइभरलेस (सवारी चालक विहीन कार) को ट्रेन्डिङ्ग गरिरहेका छन् । तर, यसमा निर्भर हुनु अझै पनि एउटा सपना नै हो ।

यसबीच क्यालिफोनिया विश्वविद्यालयको अध्ययनले सडकमा ड्राइभरलेस कार आएपछि त्यसमा यात्रा गर्ने यात्रुको समय २ गुना बढ्ने रिपोर्ट सार्वजनिक गरेको छ । त्यसो हुनुको मुख्य कारण मानिसहरूले आफ्नो कारलाई पार्किङ्गमा राख्नुको सट्टा क्रुज–मोडमा राख्न सक्छन् ।

क्यालिफोर्निया विश्वविद्यालयका ट्रान्सपोर्ट प्लानर प्रोफेसर एडम मिलार्डकाअनुसार सेल्फ ड्राइभिङ्ग कार पार्क नभएर चारैतिर घुमिरहनेछ । यसले पार्किङग खर्चलाई बढाउने उनको भनाई छ ।

मानिसहरूको ध्यान यसले ताने पनि यो भविष्यमा ठूलो समस्या बन्न सक्छ । किन कि पार्किङ्गमा रोकिनुको सट्टा कार थोरै गतिमा घुमेरै बस्यो भने यसले ट्राफिक समस्या निम्त्याउन सक्छ ।

मिलार्डकाअनुसार यदि तपाईं बिजुली खर्च, टुट–फूट, मूल्य कम, मेन्टीनेस र कार गुडाउने प्रतिघन्टाको खर्च निकाल्नु हुन्छ भने सानो सहरमा पार्किङ्ग गर्नुभन्दा धेरै कम हुन जान्छ । जुन प्रतिघन्टा लगभग १०० रुपैयाँ पर्न जान्छ ।

अमेरिकी राज्य सान–फ्रान्सिस्कोका ट्राफिक माइक्रोसिम्यूलेशन मोडलले निकालेको तथ्याङ्कअनुसार सडकमा सेल्फ–ड्राइभिङ्ग कारको प्रयोगले समय २ गुना बढाउनेछ ।

मिलार्डले यस समस्याको समाधानका लागि सहरको भीडभाड र व्यस्त ठाउँका लागि चाजिङ्ग मोडल अपनाउन सकिने बताएका छन् ।

पार्क गरिए पनि नगरिए पनि यो सेल्फ ड्राइभिङ्ग कार पार्किङ्ग हुनुको सट्टा एउटा निश्चित क्षेत्रमा गुडिराख्नेछन् । लन्डन र सिङ्गापुरसहित विश्वभरका कयौँ राष्ट्रमा यस्ता मोडल चलनमा छन् ।


Back_to_top