चेरीले एकैपटक देखायो १६ नयाँ मोडल

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चेरीले १६ नयाँ मोडल अनभिल गरेको छ । कम्पनीले बुधबारदेखि चीनमा सुरू भएको सांघाई अटो शो २०२५ मा १६ नयाँ मोडल देखाएको हो ।

उक्त अटो शोमा चेरी ग्रुप अन्तर्गतका ५ ब्राण्डले कुल ५३ वटा मोडल देखाएका छन् । चेरी ग्रुप अन्तर्गत चेरी, एक्सिड, जेटोर, आईकार र लक्जिड ब्राण्डले अटोशोमा नयाँ मोडल प्रदर्शन गरेका हुन् । जसमा चेरीको ब्राण्डले १६ नयाँ मोडल देखाएको हो ।

चेरीले आकर्षण रिडिजाइन भएको क्यूक्यू कम्प्याक्ट इलेक्टीक भेहिलक, फेङ्ग्यून ए ९ सेडान तथा टिगो ९ एल एसयूभी कन्सेप्ट देखाएको छ । त्यस्तै, चेरीको लाइनअपमा इन्टरनल कम्बस्चन इन्जिन, हाइब्रिड र ब्याटी इलेक्ट्रीक गरी सबै पावर अप्सन रहेको छ ।

चेरीको सब ब्राण्ड एक्सिडले ईएस इलेक्ट्रीक सेडान देखाएको छ भने जेटोरले अफरोडका लागि इन्टरस्टेलर गार्जियन देखाएको छ । अर्को ब्राण्ड आईकारले नयाँ कलर अप्सनको भी२३ एसयूभी, पिकअप र कन्भर्टिबल कन्सेप्ट मोडल देखाएको छ ।

चेरीले इलेक्ट्रीफिकेसन, अर्टिफिसियल इन्टेलिजेन्स, सक्टेनिबिलिटी र ग्लोबलाइजेसन जस्ता क्षेत्रमा आफ्नो ध्यान केन्द्रीत रहने जनाएको छ । यसमा नयाँ ब्याटी र मोटर टेक्नलोजी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमको साथमा सस्टेनेबल मेटिरियलको प्रयोग हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले आफ्नो नयाँ घोषणाका लागि विश्वभरीबाट ५ हजार भन्दा बढी व्यक्तिलाई आमन्त्रण गरेको छ ।

 


Back_to_top