काठमाडौं । ट्राफिक प्रहरीको मुख्य काम सवारी आवागमन व्यवस्थित बनाउनु, कानुन विपरीत चलेका सवारी साधन र चालकलाई कारवाही गर्नु र दुर्घटना न्यून गराउनु हो ।
तर, एक ट्राफिक प्रहरी भने कानुनी र पदीय मर्यादा नै भुलेर सर्वसाधरण माथि निर्घात कुटपिटमा उत्रिका छन् । ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सार्वजनिक भिडियो अनुसार ४ जना ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई घेरेका छन् । तीमध्ये एक जना ट्राफिकले एक व्यक्तिलाई निर्घात कुटिरहेका छन् । प्रहरीले ती व्यक्तिलाई सडकमा लडाएर मुखमा लात्तैलात्ताले हान्दै गरेको देखिन्छ ।
कुटाइ खाने व्यक्ति प्रतिकार गर्न नसक्ने अचेत जस्तो अवस्थामा देखिन्छन् । निर्घात कुटपिट गरिसकेपछि ती प्रहरीले उक्त व्यक्तिको वालेट र कागजात सडकै फालिदिएका छन् ।
हालसम्म घटना कुन ठाउँ र के कारणले घटेको भन्ने खुलेको छैन । पछाडि थुप्रै मोटरसाइकल र कीर्तिपुर यातायात लेखेको बस देखिएकाले काठमाडौं उपत्यकाकै हुनसक्ने आशंका गरिएको छ ।
उक्त भिडयोको यर्थतता बारे अहिले अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशापथले जनाएको छ ।
प्रहरीले सर्वसाधरणलाई कुटपिट, दुर्व्यहार गरेको यो पहिलो घटना भने होइन् ।
@meroauto.com ट्राफिकले फिल्मी शैलीमा यसरी कुटे सर्वसाधरण #meroauto #highlight #fypツ #foryou #traffic #fight #public #trafficpolice nepal

