टीभीएसको भ्यालेन्टाइन अफर, शून्य प्रतिशत ब्याजदरमा बाइक तथा स्कुटर

काठमाडौं । टीभीएस मोटरसाइकलको लागि नेपालको आधिकारीक बितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन अफर सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले टीभीएस बाइक तथा स्कुटरको खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा स्कुटर प्राप्त गर्नेछन् ।

टीभीएस अपाचे आरटीआर १६० ४भी, १६०, १८०, २००, २०० ४भी बाइक तथा स्कुटरतर्फ जुपिटर, जुपिटर क्लासिक, एनटर्क, वीगोलगायतमा यो योजना लागु हुने कम्पनीले उल्लेख गरेको छ । 

ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर ० प्रतिशत ब्याजदरमा बाइक प्राप्त गर्न सक्नेछन् ।

उक्त योजना अन्तर्गत ग्राहकले आकर्षक उपहारहरु समेत प्राप्त गर्ने छन् ।   यो योजना फेव्रुअरी १४ सम्म लागु हुने कम्पनीले जनाएको छ । 


Back_to_top