६ लाख छुट पाइने ‘केई एक्सचेन्ज कार्निभल’ १ दिनका लागि थप

काठमाडौं । केई एक्सचेन्ज कार्निभलको समय १ दिन थप गरिएको छ । नेपालमा केईको आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइलले आयोजना गरेको केई एक्सचेन्ज कार्निभल भोली (सोमबार) सम्म चल्ने भएको हो ।

काठमाडौंको थापाथलीमा वैशाख २६ गतेबाट सुरू भएको ‘केई एक्सचेन्ज कार्निभल’ ग्राहकहरूको अत्याधिक प्रक्रिया आएका कारण १ दिनकाे समय थप गरेर २९ गतेसम्म संचालनमा गरिने कम्पनीले बताएको छ ।

यो एक्सचेन्ज कार्निभलमा ६ लाख ५ हजाररुपैयाँसम्मको फाइदा पाउने स्कीम रहेको छ ।

कम्पनीले एक्सचेन्जमा आउनेलाई एक्सचेन्ज बोनस, नगद छुट, पूर्ण बीमा, वार्षिक करसँगै गाडी धुने मेसिनदेखि कपडा धुने बोस्चको वासिङ मेसिनसम्म दिने जनाएको छ । समग्रमा गाडी किन्ने ग्राहकले ६ लाख ५ हजार रुपैयाँ बराबरको फाइदा पाउने छन् ।

यस्तो छ केई एक्सथ्री-प्रो

केई एक्सथ्री-प्रोको लम्बाइ ४४४३ एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६४६ एमएम छ । पर्फेक्ट कम्प्याक्ट एसयूभीको साइजमा उपलब्ध एक्सथ्री-प्रोमा २६३२ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

एसयूभीमा १८२ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३६० लिटरको बुट स्पेस रहेको इलेक्ट्रीक मोडलको क्याबिन निकै लग्जरी फिल दिन सक्षम छ । १८ इन्चको आल्मुनियम ह्वीलले गाडीको रोड प्रेजेन्स उत्कृष्ट लाग्छ ।

कम्पनीले यसमा ५३.६ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । डब्लूएलटीपीका अनुसार नै यसले सिंगल चार्जमा ३३० किलोमिटर रेन्ज दिन्छ । कम्पनीले यसमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । गाडीको पीकटर्क भने २८० न्यूटन मिटर छ ।

एक्सथ्री-प्रो एसयूभीमा मल्टी फङ्सनल स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, डिजिटल इन्फोटेन्मेन्ट स्कृन, ३६० डिग्री क्यामेरा, अटोमेटिक एसी, रियर एसी भेन्ट, पीएम २.५ एयर फिल्टर, ६ वटा स्पीकर, मल्टी ड्राइभिङ मोड, वायरलेस मोबाइल चार्जर पाउन सकिन्छ । यसमा भेहिकल टु लोड सुविधा पनि पाउन सकिन्छ ।

सुरक्षाको लागि ४ एयरब्याग उपलब्ध एक्सथ्री–प्रो एसयूभीमा टायर प्रेसर मोनिटरीङ सिस्टम, ईएसपी, ईएबी, ईबीडी, क्रुज कन्ट्रोल, रियर पार्किङ क्यामरा, पार्किङ सेन्सर, हिल असिस्ट, ट्रयाक्सन कन्ट्रोल, अटो होल्ड जस्ता अत्यावश्यक फिचर छन् ।


Back_to_top