ज्यागुअरको ‘टाइप-००’ अर्को महिना भारतमा सार्वजनिक हुने

काठमाडौं । लग्जरी कार खोज्नेहरूको सदैव रोजाइमा पर्दै आएको ज्यागुअरको ‘टाइप-००’ कन्सेप्ट भारतमा सार्वजनिक हुने भएको छ । भारतीय अटोमोबाइल ब्राण्ड टाटाको स्वामित्वमा रहेको ब्रिटिस ब्राण्डले आगामी जुन १४ तारिखमा मुम्बईमा ‘टाइप-००’ देखाउने भएको छ ।

कम्पनीले डिसेम्बर, २०२४ मा ग्लोबल अनभिल भएको कन्सेप्ट नै मुम्बईमा शोकस गर्ने भएको हो । ज्यागुअरको टाइप-०० ईभी ‘र्याडिकल कन्सेप्ट’को विश्वभर धेरै चर्चा भएको थियो । केही समय अगाडि अमेरिकाको मियामीमा देखाएसँगै ज्यागुअरको कन्सेप्ट मोडललाई विश्व यात्रा सुरू गरिएको हो ।

नयाँ कन्सेप्ट यस अघि पेरिस, मोनाको, म्युनिख र टोकियोमा प्रदर्शन भएको थियो । ज्यागुअर टाइप-०० कुनै एक मोडलको प्रिभ्यू मात्र नभई ब्राण्डकै ईभी भिजनको प्रतिनिधित्व हो । ज्यागुअरको कन्सेप्ट नाममा प्रयोग भएको दुईवटा ०० ले जिरो इमिसन र ब्राण्डको सबै डाइरेक्सनलाई बुझाउने छ ।

ज्यागुअरले नयाँ कन्सेप्टमा बनेको ४ ढोके इलेक्ट्रीक जीटी मोडलको प्रोटोटाइपको टिजर देखाउन थालिसकेको छ । कुप्पे डिजाइनमा बनेको नयाँ मोडल स्पोर्टी डिजाइन अपराइट नोज, ठूलो साइजको टायर र धेरै लामो साइजमा देखिन्छ ।

ज्यागुअरको इलेक्टीक आर्किटेक्चर (जेईए) मा बन्ने कारको डिटेल अहिलेसम्म बाहिर आएको छैन । तथापि, कारले सिंगल चार्जमा डब्लूएलटीपी रेन्ज ७७० किलोमिटर आसपास दिने बताइएको छ । साथै, १५ मिनेटको चार्जमै ३२१ किलोमिटर रेन्ज थपिनेछ ।

कम्पनीले यसलाई सन् २०२५ को अन्त्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ । पहिलो चरणमा वेलायत र अमेरिकामा बिक्री गर्ने इलेक्ट्रीक क्रओभर सन् २०२६ को अन्तिमसम्ममा विश्व बजारमा उपलब्ध हुनेछ ।


Back_to_top