ओमोडा एण्ड जेकोको गाडीमा ८ वर्ष वारेन्टी, यी ४ सुविधासँगै चीन घुम्ने अवसर

काठमाडौं । नेपालमा ‘ओमोडा एण्ड जेइको’को आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’ योजना सार्वजनिक गरेको छ ।

जेठ ४ गतेदेखि सुरू हुने यो एक्सचेन्ज अफर १० गतेसम्म चल्नेछ । एक्सचेन्ज अफर ओमोडा ई फाइभ र जेको जे ६ मोडलहरूमा लागू हुने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत ग्राहकले ओमोडा एण्ड जेकोको गाडी खरिदमा सुविधा पाउने छन् । जसमा १ वर्षको बीमा, ७ किलोवाटको चार्जर निःशुल्क, ब्याट्री र मोटरमा ८ वर्ष वा १६०,००० किलोमिटरको वारेन्टी पाउने छन् । त्यस्तै, ८० प्रतिशत फाइनानस सुविधामा ओमोडा ई फाइभ र जेको जे ६ खरिद गर्न सक्नेछन् ।

जेठ १७ गते अघि नै गाडी डेलिभरी लिने ग्राहकले विशेष पुरस्कार समेत पाउने छन् । जसमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन् । साथै, एकजनाले आइफोन १६ प्रो, ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन, दुई जनाले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।


Back_to_top