एथरको ८ औं शोरुम टेकुमा, २०२६ सम्म निःशुल्क चार्जिङ सुविधा

काठमाडौं । काठमाडौंको टेकुमा एथरको नयाँ शोरुम संचालनमा आएको छ ।

एथर इनर्जीको नेपालमा लागि आधिकारिक बिक्रेता कम्पनी वैद्य ग्रुप अन्तर्गतको वैद्य्ज इनर्जीले आफ्नो ८ औं शोरुम संलचानमा ल्याएको हो ।

कम्पनीको पोखरा र चितवन बाहेक अन्य सबै शोरुम कम्पनीले आफैले स्थापना गरेको हो । हालसम्म कम्पनीले काठमाडौंको गैह्रीधारा, झम्सीखेल, भक्तपुर, बौद्ध, टेकु, चितनव पोखरा र बुटवलमा एथरको नेटवर्क विस्तार गरिसकेको छ ।

कम्पनीको अनुसार पछिल्लो पटक संचालनमा आएको टेकु शोरुममा अहिले सेल्सको काम मात्र हुने र निकट भविष्यमा नै थ्री एस सेवा संचालनमा ल्याउने बताएको छ ।

कम्पनीले केही समय अघि नेपाली बजारमा २०२५ मोडलका एथर स्कुटरहरु सार्वजनिक गरेको थियो । कम्पनीले एथर ४५० सिरिजका दुई स्कुटरको २०२५ मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले अपडेटेड भर्सन स्कुटरको मूल्य ४० हजार रुपैयाँले घटाएर बिक्री गर्दै आएको छ । कम्पनीले ल्याएको नयाँ स्कुटरमा तीन मोडमा ट्रयाक्सन कन्ट्रोल, एथर स्ट्याक ६, वृद्धि भएको १६१ किलोमिटरसम्मको आइडिसी रेन्ज र नयाँ कलर अप्सन रहेको छ ।

अपडेट सहितको एथर ४५० एक्सको २.९ किलोवाट ब्याट्री भर्सनको मूल्य ३ लाख ६४ हजार ९९९ रुपैयाँ, ४५० एक्स ३.७ किलोवाट आवर ब्याट्रीको ३ लाख ९९ हजार ९९९ र ४५० एसको २.९ किलोवाट आवर ब्याट्री भर्सनको मूल्य ३ लाख २४ हजार ९९९ रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

एथरले हालसम्म २१ स्थानमा फास्ट चार्जर स्थापना गरिसकेको र छिट्टै १०० स्थानमा फास्ट चार्जर राख्ने तयारीका साथ काम गरिरहेको छ । एथरले २०२६ को अन्तिमसम्म एथर प्रयोग कर्तालाई निःशुल्क चार्जिङ सुविधा दिनेछ ।

 


Back_to_top